ad ad

खेल


पीएसजीमा डेब्यु गर्दै मेस्सी, नेमार र एम्बाप्पे पनि टिममा

पीएसजीमा डेब्यु गर्दै मेस्सी, नेमार र एम्बाप्पे पनि टिममा

नेपालखबर
भदौ १३, २०७८ आइतबार १३:५८, काठमाडौँ

अर्जेन्टिनी फरवर्ड लियोनल मेस्सीले आइतबार पेरिस सेन्ट जर्मन (पीएसजी) बाट डेब्यु गर्दै छन्। 

यसै सिजन बार्सिलोना छाडेर पीएसजी गएका मेस्सीले डेब्युको मौका पाएका थिएनन्। पीएसजीले लिग वानको चौथो खेलमा आज राइम्ससँग प्रतिस्पर्धा गर्दै छ। 

खेल नेपाली समय अनुसार मध्यराति साढे १२ बजे हुनेछ। 

सुरुवाती ३ खेलमा बेन्चमा रहेका मेस्सी आजको खेलमा पहिलो रोजाइमा मैदान उत्रन्छन् वा  बेन्चमा रहन्छन् भन्ने एकीन भने छैन। 

सम्भवत उनी खेलको अन्तिम ३० मिनेटमा मैदान उत्रन सक्नेछन्। तर फरवर्ड माउरो इकार्डी घाइते भएका कारण मेस्सीले सुरुवाती रोजाइमा खेल्ने सम्भावना पनि छ।

कोपा अमेरिकाको उपाधि जितेपछि मेस्सी लामो समय विश्राममा थिए। पिएसजीमा पुगेपछि पछिल्लो दुई साता उनी टोलीसँग प्रशिक्षणमा छन्। 

राइम्सविरुद्धको आजको खेलमा मेस्सीसँगै नेमार र केलियन एमबाप्पे एकैसाथ मैदानमा देखिने सम्भावना छ। मेस्सीले दायाँ, नेयमार बाँया र एम्वापे सेन्ट्रल भागबाट खेल्नेछन्।

एम्बापेको बहिर्गमनको चर्चा चलिरहँदा उनी टोलीसँग राइम्सको घरेलु मैदान स्टेड अगुस्टेन  पुगेका छन्। टोलीका प्रशिक्षक मौरिसियो पोचेटिनोले भने एमबापेले क्लव छाड्ने बारे अहिलेसम्म आफुलाई केही जानकारी नगराएको बताएका छन्। 

यसअघिका तीन खेलमा मेस्सी र नेयमारविनै मैदान उत्रेको पीएसजीले शतप्रतिशत नतिजा निकालेको छ। ३ खेलबाट ९ अंक जोडेको पीएसजी अंक तालिकाको शीर्ष स्थानमा छ। 

तीनै खेलमा बराबरी गरेको राइम्स तीन अंकसहित तालिकाको १२औँ स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .