ad ad

खेल


शाहिद अफ्रिदीले काठमाडौं किङ्सबाट ईपीएल क्रिकेट खेल्ने

शाहिद अफ्रिदीले काठमाडौं किङ्सबाट ईपीएल क्रिकेट खेल्ने

नेपालखबर
साउन ११, २०७८ सोमबार १४:५,

पूर्व पाकिस्तानकी कप्तान शाहिद अफ्रिदी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वेन्टी क्रिकेट प्रतियोगिता खेल्न आउने भएका छन् ।

४४ वर्षीय अफ्रिदीलाई काठमाडौं किङ्स-११ ले चौंथो संस्करणको ईपीएलका लागि अनुबन्ध गरेको हो। चौथो संस्करणको ईपीएल क्रिकेट यही असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिभुवन विश्वविसद्यालय क्रिकेट मैदानमा हुने तयर भएको छ।

काठमाडौं किङ्स-११ ले सोमबार एक कार्यक्रम गरेर अफ्रिदी आफ्नो टोलीबाट ईपीएल खेल्न आउने बताएको छ।   ईपिएल प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिएका छन्। 

अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि २०१८ सम्म क्रिकेट खेलेका थिए । आफ्नो खेल करिअरमा उनले पाकिस्तानका लागि २७ टेस्टबा६ १७ सय १६ रन र ४८ विकेट झारेका थिए। 

उनले ३ सय ९८ एक दिवसीयबाट ८ हजार ६४ रन बनाए। त्यस्तै उनले ३ सय ९५ विकेट र टी-ट्वेन्टीमा ९९ खेल खेलेर १४ सय १६ रन बनाए। त्यस्तै उनले ९८ विकेट झारेका थिए। काठमाडौंमै नेपाली लेग स्पिनर सन्दीप लामिछाने अनुबन्ध भइसकेका छन्। 

यो प्रतियोगितमा देशका ६ शहरबाट फ्रेन्चाइज टिम सहभागी हुने छन्। प्रतियोगिताको साविक विजेता ललितपुर प्याट्रियाट हो। प्रतियोगितामा काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .