ad ad

खेल


साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई प्रस्ताव

साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई प्रस्ताव

नेपालखबर
साउन १०, २०७८ आइतबार २१:२६,

दक्षिण एशियाली फुटबल महासंघले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई साफ च्याम्पियनसिप आयोजन गर्न औपचारिक रुपमा प्रस्ताव गरेको छ। 

नेपालमा आगामी अक्टोबरमा १३औँ संस्करणको साफ च्याम्पियनसिप गर्न एन्फालाई महासंघले पत्र पठाएको हो। साफका महासचिव अनवारूल हकले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै साफ च्याम्पियनसिप आयोजनका लागि प्रस्ताव पठाएको एन्फाले जनाएको छ। यसअघि नेपालले साफ च्याम्पियनसिपका लागि महासङ्घलाई प्रस्ताव पठाएको थियो। 

बंगलादेशमा आयोजना गर्न तय भएको साफ च्याम्पियनसिप कोरोना महामारीका कारण हुन सकेको थिएन। बंगलादेशले प्रतियोगिता आयोजना गर्नबाट हात झिकेपछि नेपालले इच्छा देखाएको हो। नेपालले यसअघि सन् १९९७ तथा सन् २०१३ मा साफ च्याम्पियनसिप आयोजना गरिसकेको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .