ad ad

खेल


टुनिसियाका १८ वर्षे पौडीबाजले स्वर्ण जित्दै मच्चाए सनसनी

टुनिसियाका १८ वर्षे पौडीबाजले स्वर्ण जित्दै मच्चाए सनसनी

नेपालखबर
साउन १०, २०७८ आइतबार १६:४२,

टोकियो ओलम्पिकमा टुनिसियाका १८ वर्षे पौडीबाज अहमद हाफनाइयूले अपत्यारिलो ढंगबाट चार सय मिटर फ्रिस्टाइलमा स्वर्णपदक जितेका छन। 

आफ्नो तीव्र गतिका कारण उनले अष्ट्रेलियाका ज्याक म्यालोगिलिनलाई पछि पार्दै आइतबार स्वर्णपदक जितेका हुन। उनले ३ मिनेट ४३.३६ सेकेन्डमा दूरी पार गरेका थिए। 

ओलम्पिकमा टुनिसियाको यो हालसम्मको पाँचौ स्वर्ण पदक हो। पौडीमा मात्रै तेस्रो हो। अहमद पूर्व टुनिसियाका राष्ट्रिय बास्केटबल टोलीका खेलाडी मोहम्मद हाफनाइयूका छोरा हुन। 

उनी यसअघि २०१८ को यूवा ओलम्पिकको ४०० मिटरमा आठौं भएका थिए भने ८०० मिटरमा सातौं स्थानमा आएका थिए। 

उनले २०१९ मा टुनिसियाको पत्रिकालाई दिएको अन्तर्वार्तामा २०२४ को पेरिस ओलम्पिकमा आफूले स्वर्णपदक जित्ने लक्ष्य लिएको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .