ad ad

खेल


जसले जितिन् जापानमा जारी ओलम्पिकमा पहिलो स्वर्ण पदक

जसले जितिन् जापानमा जारी ओलम्पिकमा पहिलो स्वर्ण पदक

नेपालखबर
साउन ९, २०७८ शनिबार ९:४८,

जापानको टोक्योमा जारी ओलम्पिकमा चीनकी याङ किएनले पहिलो स्वर्ण पदक जितेकी छन्। 

सुटिङको महिला १० मिटर एअर राइफल स्पर्धामा २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पार्दै स्वर्ण पदक हात पारेकी हुन्। 

गालासिनाले रजत जितिन् भने स्विट्जरल्यान्डकी निना क्रिस्टेनले कास्य (तेस्रो) पदक पाएकी छन्। 

पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी याङले २५१.८ स्कोरका साथ ओलम्पिक रेकर्ड पनि बनाएकी छन्। गालासिनाले १५१.१ स्कोर गरिन्।

यो पनि : ​ओलम्पिक : हारिन् सोनिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .