ad ad

खेल


ओलम्पिक : कल्पना परियारले बनाइन् नयाँ राष्ट्रिय कीर्तिमान

ओलम्पिक : कल्पना परियारले बनाइन् नयाँ राष्ट्रिय कीर्तिमान

नेपालखबर
साउन ९, २०७८ शनिबार ८:२७,

जापानको टोक्योमा जारी ओलम्पिकमा सुटिङकी कल्पना परियारले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। 

नेपाली समयाअनुासर शनिबार बिहान भएको खेलमा महिलातर्फ १० मिटर राइफलमा ६१६.८ अंक बनाउँदै यसअघिको आफ्नै कीर्तिमान तोडेकी हुन्। 

यसअघि १३औं दक्षिण एसियाली खेलकुदमा पनि कल्पनाले नै ६१४.५ स्कोरका साथ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। 

अहिले टोक्यो ओलम्पिकमा कल्पनाले आफ्नै त्यो कीर्तिमान तोडे पनि अन्तिम चरणमा स्थान भने बनाउन सकिनन्। कल्पना समग्रमा ४६औं स्थानमा रहिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .