ad ad

खेल


पौडीबाज गौरिका भन्छिन् : ओलम्पिकका लागि सक्दो मिहिनेत गरेकी छु

पौडीबाज गौरिका भन्छिन् : ओलम्पिकका लागि सक्दो मिहिनेत गरेकी छु

नेपालखबर
साउन ८, २०७८ शुक्रबार २१:२४,

नेपाली पौडीबाज गौरिका सिंहले जापानको टोक्योमा आजदेखि सुरु भएको ओलम्पिक प्रतियोगिताका लागि आफूले सक्दो मिहिनेतसहित तालिम पूरा गरेको  बताएकी छन्। 

आज ओलम्पिकको भव्य उद्घाटन समारोहमा मार्चपासमा सहभागी हुनुअघि उनले यस्तो बताएकी हुन्। उनले नेपालको प्रतिनिधित्व गरेर ओलम्पिकमा भाग लिन पाउँदा आफूले सम्मानित र गौरवान्वित महसुस गरेको पनि प्रतिक्रिया दिएकी छन्। 

ओलम्पिकका लागि सक्दो मिहिनेत गरेको बताएकी गौरिकाले समर्थन र हौसलाका लागि सबैलाई धन्यवाद पनि दिएकी छन्। ‘यो क्षणका लागि प्रतियोगिताका लागि मैले सक्दो तयारी गरेकी छु। आफूले सकेसम्म राम्रो तालिम पनि पूरा गरेकी छु', उनले भनेकी छन्, 'टोक्यो ओलम्पिक आशा, एकता र अठोटको विम्ब पनि हो। मेरा लागि बितेको वर्ष धेरै चुनौतीपूर्ण थियो। ती चुनौतीहरु छिचोल्दै यहाँसम्म आउँदा गौरवान्वित महसुस गरेकी छु।’

यसैबीच ओलम्पिक उद्घाटन समारोहको मार्च पासका क्रममा उनै गौरिकाले नेपाली टोलीको नेतृत्व गरेकी छन्। नेपालबाट गएका अर्का पौडी खेलाडी एलेक्स शाहसँगै उनले नेपालको नेपालको झण्डा फहराएकी थिइन्। 

नेपालबाट गौरिका र एलेक्ससहित पाँच खेलाडीले ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन्। गौरिका दक्षिण एसियाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक जिताउने खेलाडी पनि हुन्। पाँच खेलाडीका लागि नेपालबाट २५ जना खेल पदाधिकारी जापान पुगेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .