ad ad

खेल


‘हाम्रो चरित्र हत्या भयो’

‘हाम्रो चरित्र हत्या भयो’

नेपालखबर
साउन ८, २०७८ शुक्रबार १०:४५,

राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्का र नेपाल क्रिकेट संघका बोर्ड सदस्य छुम्बी लामाले एक अनलाइनले आफूहरूको चरित्र हत्या हुनेगरी खबर प्रकाशन गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन्।  

एक अनलाइन न्युज पोर्टलमा बुधबार प्रकाशित ‘बलियो नेपालबारे क्यानलाई ईपीएलका अख्तरको प्रश्न’ शीर्षकको समाचारले आफूहरूको चरित्रमा दाग लगाउने काम गरेको भन्दै उनीहरूले संयुक्त विज्ञप्ति जारी गरी खण्डन र निन्दा गरेका हुन्। 

सामाजिक सञ्जाल ‘क्लब हाउस’मा क्रिकेटबारे भएको छलफललाई आधार बनाएर लेखिएको समाचारले २ दसकभन्दा बढी समयदेखि क्रिकेट खेल तथा कप्तानीमा क्रियाशील खेलाडीहरूको चरित्रमा धावा बोलेको उनीहरूले उल्लेख गरेका छन्। 

‘सो समाचारले खेलाडीहरू शक्ति गौचन, पारस खड्का, ज्ञानेन्द्र मल्ल, रुबिना क्षेत्रीको चरित्रमा दाग लगाउने काम भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तथ्यहीन कुरालाई लिएर व्यक्तिगत मानहानि गर्ने र खेलाडीको इज्जत–प्रतिष्ठामा नै आँच पुर्याउने कार्यप्रति हामी खेद प्रकट गर्दछौं।’

साथै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले सामाजिक सञ्जालबाट पनि आपत्ति जनाएका छन् र झुटो आरोपको भ्रममा नपर्न क्रिकेटप्रेमीलाई आग्रहसमेत गरेका छन्। 

‘नेपाली क्रिकेटबाट वर्षाैंदेखि लाभ लिइरहेका एक व्यक्तिले कपोलकल्पित र नियोजित ढंगबाट ‘गलत भएको हुन सक्ने’ भन्दै मेरो, राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र क्यानका बोर्ड सदस्य छुम्बी लामाको नियत र इमानदारितामा प्रश्न गरी प्रकाशित गरेको समाचारले मलाई अत्यन्तै दुःखी बनाएको छ,’ खड्काले लेखेका छन्, ‘यो समाचारको म खण्डन गर्दछु र कुनै प्रमाणबिना लगाएको यो गलत आरोप केवल बदनाम गराउने प्रयत्न मात्र हो। यसलाई यही अर्थमा बुझिदिनु  हुन सम्पूर्ण क्रिकेटप्रेमी नेपालीमा आग्रह गर्दछु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .