NepalKhabar NepalKhabar

खेल


टोक्यो ओलम्पिकमा जुडोकी सोनियाको भेट रूसी खेलाडी इरिनासँग पक्का

टोक्यो ओलम्पिकमा जुडोकी सोनियाको भेट रूसी खेलाडी इरिनासँग पक्का

नेपालखबर
काठमाडौँ, साउन ७

टोक्यो ओलम्पिकअन्तर्गत जुडोको प्रतिस्पर्धामा नेपालकी सोनिया भट्टले पहिलो चरणमा रसियाकी डोल्गोभा इरिनासँग खेल्ने भएकी छिन्। 

सोनियाले पहिलो खेलमा जुलाई २४ मा खेल्नेछिन्। 

बिहीबार सार्वजनिक खेल तालिकाअनुसार ४८ किलो तौल समूहमा सोनियाको पहिलो भेट इरिनासँग हुने पक्का भएको हो। डोपिङ प्रकरणका कारण प्रतिबन्धमा परेको रुस ओलम्पिकमा देशका रुपमा सहभागी छैन। 

रसियाका खेलाडीले रुस ओलम्पिक कमिटीको झण्डामुनि प्रतिस्पर्धा गर्नेछन्। इरिनाले मे महिनामा भएको कजान ग्रान्डस्लाममा रजत पदक जितेकी थिइन्। 

नेपालकी सोनिया भट्ट भने विश्व वरीयतामा १ सय २७औँ स्थानमा छिन्। वाइल्डकार्डमार्फत ओलम्पिकमा छनोट भएकी हुन्। 

ओलम्पिकमा सहभागी हुन सोनिका र प्रशिक्षक सूर्यनारायण श्रेष्ठ केही दिनअघि नै टोकियो पुगिसकेका छन्।

साउन ७, २०७८, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .