ad ad

खेल


टोक्यो ओलम्पिक सुरु हुन दुईदिन मात्र बाँकी, आयोजक भन्छः खेल रद्द पनि हुनसक्छ

टोक्यो ओलम्पिक सुरु हुन दुईदिन मात्र बाँकी, आयोजक भन्छः खेल रद्द पनि हुनसक्छ

तोसिरो मुटो


नेपालखबर
साउन ६, २०७८ बुधबार १७:४३,

टोक्यो ओलम्पिक खेल प्रतियोगिता सुरुवात हुन अब मात्र दुईदिन बाँकी छ। 

तर प्रतियोगिताको आयोजकले बुधबारको पत्रकार सम्मेलनमा यसपटक पनि खेल रद्द हुनसक्ने बताएका छन्।

ओलम्पिक भिलेज अर्थात् हजारौं खेलाडी, प्रशिक्षक, तथा अफिसियल्स बस्ने स्थानमा केही व्यक्तिमा कोरोना देखिएको छ।

संक्रमित हुनेमा खेलाडीहरु पनि भएको जनाइएको छ। यसबीचमा पत्रकारले खेल रोकिने सम्भावनाको बारेमा प्रश्नगर्दा ओलम्पिक आयोजक समितिका प्रमुख तोसिरो मुटोले यदी ओलम्पिक भिलेजमा तिव्र गतिमा कोरोना संक्रमण बढेको खण्डमा यसपटक पनि खेलहरु रोक्न आफूहरु बाध्य हुने बताएका हुन्।

गतवर्षको ओलम्पिक २०२० कोरोनाकै कारण यसवर्ष सरेको थियो। बुधबार आयोजकले खेल रोकिने सम्भावनालाई अस्वीकार नगरेका हुन्।

यद्यपी सबै खेलाडीलाई कोरोनाबाट बचाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको पनि आयोजकको भनाइ छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .