अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमी व्यवस्थापनको जिम्मेवारी पाएको समितिका पदाधिकारीले राजीनामा दिएको छ।
समितिका संयोजकसहित ३ पदाधिकारीले आज मंगलबार राजीनामा दिएका हुन्।
तीन सदस्यीय समितिमा दिनेश व्यञ्जनकार, सहायक महासचिव अरुणमान जोशी, सहकोषाध्यक्ष राजेन्द्र न्यौपानेले आज एन्फा महासचिव इन्द्रमान तुलाधरलाई राजीनामा पत्र बुझाएका छन्।
२०७७ मंसिर २५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट एन्फा होस्टल, खेल मैदान, व्यस्थापनसहित एन्फा परिसरमा फ्लड लाइट र सोभिनियर सप निर्माण गर्न दिएको जिम्मेवारीलाई स्वीकार गर्दै काम गरिरहे पनि कार्यव्यस्तताको कारण आजको मितिबाट नै राजीनामा दिएको एन्फालाई बुझाएको पत्रमा उल्लेख छ।
12
Shares
प्रतिक्रिया