ad ad

खेल


टोक्यो ओलम्पिकको तयारी तीव्र, उद्घाटन समारोहमा जापानी सम्राट् नारुहितो उपस्थित हुने

टोक्यो ओलम्पिकको तयारी तीव्र, उद्घाटन समारोहमा जापानी सम्राट् नारुहितो उपस्थित हुने

नेपालखबर
साउन ५, २०७८ मंगलबार १३:४१,

आउँदो शुक्रबारदेखि सुरु हुने टोक्यो ओलम्पिकको उद्घाटन समारोहमा जापानी सम्राट् नारुहितो उपस्थित हुने भएका छन्। 

जापानी सञ्चारमाध्यमका अनुसार ओलम्पिकको उद्घाटनमा साम्राज्ञी मासोका भने सहभागी नहुने भएकी छिन्। 

शुक्रबारबाट सुरु हुने ओलम्पिकका लागि तयारी तीव्र पारिएको छ। ओलम्पिकमा सहभागी हुन खेलाडी र पदाधिकारी टोकियो पुग्ने क्रम जारी छ। 

कोरोना महामारीको कारण निकै कडा सुरक्षा घेराका बाबजुद पनि ६७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। 

कोरोना महामारीका कारण एक वर्ष स्थगित भएको टोक्यो ओलम्पिकको नाम भने टोकियो ओलम्पिक २०२० नै राखिएको छ। सन् १९६४ मा पहिलो पटक आयोजना गरेको जापानले दोस्रो पटक २०२१ मा ओलम्पिक गर्नलागेको छ।

ओलम्पिकको ३२औँ संस्करणमा ३३ खेलमा ३ सय ३९ पदकका लागि ११ हजार ५ सय खेलाडीले स्पर्धा गर्दै छन्। जापानको ४६ स्थानमा हुने ओलम्पिकमा ५१ प्रतिशत पुरुष र ४९ प्रतिशत महिला सहभागी हुँदै छन्। 

ओलम्पिकको उद्घाटनअघि नै सफ्ट बल र फुटबलका खेलहरु सुरु हुनेछन्। 

नेपालको तर्फबाट ओलम्पिकमा १ पुरुषसहित ५ जना खेलाडी सहभागी हुँदै छन्। 

नेपालबाट पौडीबाट गौरिका सिंह, एलेक्जान्डर ग्याडिगाड, सुटिङकी कल्पना परियार, एथ्लेटिक्सकी सरस्वती चौथरी र जुडोकी सुनिया भट्ट सहभागी हुँदै छन्। 

नेपालबाट ५ खेलाडी, ४ प्रशिक्षकसहित २६ सदस्यीय जम्बो टोली जापान जाँदै छ। २३ सदस्यमध्ये रााष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोईराला र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष्ँ तेज गुरुङले भने आफुहरु नजाने बताइसकेका छन्। 

जापान पुग्ने खेलाडी, प्रशिक्षक र पदाधिकारी ३ चरणमा जापान पुगिसकेका छन् भने बाँकी केही टोली केही दिनमा नै जापान जाने तयारीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .