खेल


ओलम्पिक भिलेज छोडेर भागे युगान्डाका खेलाडी

ओलम्पिक भिलेज छोडेर भागे युगान्डाका खेलाडी

नेपालखबर
काठमाडौँ, साउन ५

खेलकुदको महाकुम्भ टोक्यो ओलम्पिकमा आउन अब ३ दिन मात्रै बाँकी हुँदा सहभागी हुने खेलाडी र पदाधिकारी ओलम्पिक भिलेज पुग्ने क्रम जारी छ। 

यहीबीचमा टोकियो पुगेका युगान्डाका २० वर्षीय वेटलिफ्टर जुलियस सेकितोलेको ओलम्पिक भिलेज छाडेर भागेको खबरले केही दिनअघि खुबै चर्चा पाएको थियो। 

ठूला प्रतियोगितामा जाने र त्यतै लुक्ने परम्परा खेलकुदका लागि नौलो होइन। 

गत शुक्रबार भागेका जुलियस जेआर नागोया स्टेसनमा देखिएका छन्। जापान पुगेर पनि खेलमा क्वालिफायर हुन नसकेपछि जुलियस भिलेज छाडेर भागेका थिए। 

खेलमा क्वालिफाई हुन नसकेपछि उनी स्वदेश फर्किनुपर्ने थियो तर २० जुलाईसम्म कुनै फ्लाइट नपाएपछि उनलाई त्यहीँ बस्नुपर्ने थियो। 

उनी जहाँ देखिएका थिए, त्यो स्टेसनभन्दा २ सय किलोमिटर टाढाको होटलमा बसेमा थिए।  

जापानी सञ्चारमाध्यमका अनुसार जुलियस जुन होटलमा बसेका थिए त्यहाँ उनले एक नोट छाडेर निस्केका थिए। 

उक्त नोटमा आफ्नो देशमा गुजारा गर्नका लागि गाह्रो भएका कारण उनी जापानमा नै काम गर्नका लागि बस्न चाहेको उल्लेख छ।  

उनले आफ्नो सबै सामान आफ्नो टिमलाई नै छाडेका थिए र स्वदेश फर्केपछि त्यो सामान आफ्नी श्रीमतीलाई बुझाउन भनेका थिए। उनले आफ्नो फोन साथमा नै राखे पनि पासपोर्ट भने युगान्डाको टोलीसँगै छ।

साउन ५, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी
केशव सावद

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल
समर्पण श्री

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

सम्पादक
बिनु सुवेदी

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .