ad ad

खेल


एमबाप्पे रियल मड्रिड आउनुपर्छ भन्ने रामोस यतिबेला उनी पीएसजीमै ठिक छ भन्छन्

एमबाप्पे रियल मड्रिड आउनुपर्छ भन्ने रामोस यतिबेला उनी पीएसजीमै ठिक छ भन्छन्

रामाेस र एमबाप्पे


नेपालखबर
असार ३०, २०७८ बुधबार १३:५०,

रियल मड्रिडका पूर्व कप्तान सर्जियो रामोस यतिबेला पेरिस सेन्ट जर्मेन पीएसजीको खेलाडी भइसकेका छन्।

३५ वर्षका रामोस आगामी दुई सिजन यसै क्लबमा रहनेछन्। रामोस पीएसजी गएसँगै पीएसजी थप बलियो भएको छ।

उनी रियल मड्रिडमा हुँदा उनले पीएसजीका केलिएन एमबाप्पे रियल मड्रिडमा आउनुपर्ने खेलाडी भएको बताउँथे।

तर जब उनी पीएसजी आए उनले एमबाप्पे पीएसजीमै बसेको उत्तम हुने बताएका छन्। उनले स्पेनिस संचार माध्यमहरुसँग एमबाप्पे, नेमार र आफूले पीएसजीको लागि धेरै उपाधि दिनसक्ने पनि उल्लेख गरेका छन्।

उनी भन्छन्,‘म एमबाप्पेलाई मेरो टोलीबाट खेलेको देख्न चाहन्छु। तर कुनै पनि खेलाडीले आत्मनिर्णय गर्न पाउँछन्। हामी शानदार परियोजना भएको क्बल हो। उत्कृष्ट खेलाडीले कुनै एक विन्दुमा पुगेर रियल मड्रिडबाट पक्का खेल्नुपर्छ तर यो समय एमबाप्पे पीएसजीमै ठिक छन्।’

उनले रियल मड्रिडविरुद्ध गोल गरेको खण्डमा आफूले कहिल्यै खुशी नमनाउने पनि बताएका छन्। मार्का


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .