वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलले टी–२० आई क्रिकेटमा १४ हजार रन पूरा गरेका छन्।
मंगलबार बिहान अस्ट्रेलियाविरुद्ध तेस्रो टी–२० आई खेलमा ६७ रनको शानदार इनिङ खेल्दै गेलले १४ हजार रन पूरा गरेका हुन्।
गेलले नवौं ओभरको पहिलो बलमा स्पिनर एडम जाम्पालाई छक्का प्रहार गर्दै सो सफलता पाएका हुन्। सन् २००५ देखि लगातार टी–२० क्रिकेट खेल्दै आएका गेलले राष्ट्रिय टोलीमा सन् २०१६ पछि टि–२० आईमा अर्धशतक प्रहार गरेका हुन्।
योसँगै गेल टि–२० क्रिकेटमा १४ हजार रन पूरा गर्ने पहिलो खेलाडी बने।
गेल टी–२० क्रिकेटमा ११ हजार माथि रन बनाउने एक्लो ब्याट्सम्यान पनि हुन्। ४१ वर्षीय गेलले ४ सय ३१ खेलमा १४ हजार ३८ रन बनाएका छन्।
टी–२० क्रिकेटका सर्वाधिक सफल ब्याट्सम्यान गेलको २२ शतक र ८७ अर्धशतक हानेका छन्। १ सय ७५ रनमा अविजित रहेका गेलको उत्कृष्ट प्रदर्शन हो।
गेलपछि टि२० क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान वेस्ट इन्डिजका काइरन पोलार्डको नाममा छ।
पोलार्डले ५ सय ४५ खेलमा १ शतक र ५४ अर्धशतक सहित १० हजार ८ सय ३६ रन बनाएका छन्।
पाकिस्तानका शोएब मलिकले ४ सय २५ खेलमा १० हजार ७ सय ४१ तथा अष्ट्रेलिया डेविड वार्नरले ३ सय ४ खेलमा १० हजार १७ रन बनाएका छन्। अन्य ब्याट्सम्यानले १० हजार रनको आकँडा छुन सकेका छैनन्।
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र न्युजिल्यान्डका पूर्वक्रिकेटर बे्रन्डन म्याकुलमले समान ९ हजार ९ सय २२ रन बनाएका छन्।
Shares

प्रतिक्रिया