ad ad

खेल


ब्राजिलका अलोकप्रिय राष्ट्रपति बोल्सोनारो भन्छन्ः अर्जेन्टिनालाई ५–० ले जित्छौं

ब्राजिलका अलोकप्रिय राष्ट्रपति बोल्सोनारो भन्छन्ः अर्जेन्टिनालाई ५–० ले जित्छौं

बाेल्साेनाराे र मेस्सी


नेपालखबर
असार २६, २०७८ शनिबार १८:१०,

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो आफ्नो जनता माझ निकै अलोकप्रिय छन्। 

त्यहाँका जनताका अनुसार राष्ट्रपति बोल्सोनारो कोरोना नियन्त्रण गर्न पुरै असफल रहे। यतिबेला ब्राजिल कोरोनाबाट सबैभन्दा प्रभावित विश्वकै तेस्रो राष्ट्र हो। 

त्यहाँ कोरोनका कारण १ करोड ९० लाख २० हजार संक्रमित भइसकेका छन् भने ५ लाख ३१ हजार कोरोना संक्रमितको ज्यान गइसकेको छ।

कोरोना भाइरसलाई सामान्य रोग बताउने उनले मास्क लगाउँदैन थिए। उनले देशमा लकडाउन गर्न हुँदैन भन्थे। तर कोरोनाबाट संक्रमति भएपछि भने उनले यतिबेला मास्क लगाउन थालेका छन्।

कोरोनाकालमा निकै अलोकप्रिय बनेका बोल्सोनारोले यतिबेला ब्राजिलले कोपा अमेरिकामा अर्जेन्टिनालाई ५–० ले पराजित गर्ने दाबी गरेका छन्।

नेपाली समयअनुसार आइतबार बिहान ५ बजेर ४५ मिनेटमा अर्जेन्टिना र ब्राजिलबीच उपाधि भिडन्त हुन लागेको छ।

खेल आगाडि शुक्रबार बोल्सोनारोले ब्राजिलले निर्धक्क रुपमा अर्जेन्टिनालाई पराजित गर्ने दाबी गरेका हुन्।

यो पनिः कोपा अमेरिका फाइनल अगाडि नेमारले मेस्सीलाई चुनौती दिँदै यसो भने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .