ad ad

खेल


कोपा अमेरिका : फाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्ने

कोपा अमेरिका : फाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्ने

नेपालखबर
असार २३, २०७८ बुधबार १०:३८,

कोपा अमेरिकाको उपाधिका लागि साविक विजेता ब्राजिल र अर्जेन्टिना भिड्ने भएका छन्। 

बुधबार बिहान ब्राजिलमा भएको खेलमा अर्जेन्टिनाले कोलम्वियालाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै ब्राजिलसँगको भेट पक्का गरेको हो। 

उपाधिका लागि ब्राजिल र अर्जेन्टिना ११ जुलाईमा आमनेसामने हुनेछन्। ब्राजिलले मंगलबार बिहान पेरुलाई १–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो।  

निर्धारित समयमा एक एक गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिईएको थियो। 

त्यसअघि खेलको सातौँ मिनेटमा नै लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को सुरुवाती अग्रता दिलाएका थिए। कप्तान लियोनेल मेस्सीले पेनाल्टी बक्सबाट दिएको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए। 

पहिलो हाफमा १–० ले पछि परेको कोलम्बियाले दोस्रो हाफमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलको ६२औं मिनेटमा कोलम्वियाले गोल गर्दै बराबरीमा ल्याए। त्यसपछि खेलमा थप गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .