ad ad

खेल


युरोकपमा आजदेखि क्वार्टरफाइनल भीडन्त, कुन बन्ला सेमिफाइनल पुग्ने पहिलो टोली?

युरोकपमा आजदेखि क्वार्टरफाइनल भीडन्त, कुन बन्ला सेमिफाइनल पुग्ने पहिलो टोली?

नेपालखबर
असार १८, २०७८ शुक्रबार १८:४५,

यूईएफए युरोपियन च्याम्पियनसिपअन्तर्गत शुक्रबारदेखि क्वार्टरफाइनलका खेलहरु सुरु हुँदै छन्।

आजको पहिलो क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड र स्पेन तथा दोस्रो खेलमा बेल्जियम र इटाली भिड्दै छन्।

राउण्ड अफ १६ को खेलमा स्विट्जरल्यान्डले फ्रान्सलाई तथा स्पेनले क्रोएसियालाई हराउँदै अन्तिम आठमा स्थान बनाएका थिए।

यस्तै बेल्जियमले पोर्चुगललाई तथा इटालीले अष्ट्रियालाई हराउँदै क्वार्टरफाइनलमा पुगेका थिए।

आजको दुई खेलको विजेताले सेमिफाइनमा प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनल खेल जुलाई ७ मा लन्डनमा हुनेछ।

spainvsswit2020b

स्विटजरल्यान्डविरुद्ध स्पेन
युरोकपको पहिलो क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्ड र स्पेन खेल्दै छन्।

खेल सेन्ट पिटरबर्गसमा राति पौने १० बजे हुनेछ। राउण्ड अफ १६ को खेलमा दुवै टोलीले रोमाञ्चक जित निकाल्दै क्वार्टरफाइनलमा पुगेका हुन्।

क्वार्टरफाइनल खेल पनि अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

स्विट्जरल्यान्डले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै अन्तिम ८ मा स्थान बनाएको थियो।

निर्धारित समयमा दुवै टोलीले ३–३ को बराबरी गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।

उता स्पेनले पनि क्रोएसियालाई ५–३ गोल अन्तरले पाखा लगाउँदै क्वार्टरफाइनलमा पुगेको हो, स्पेनले पनि क्रोएसियालाई अतिरिक्त समयमा पराजित गर्दै रोमाञ्चक जित निकालेको थियो।

‘हेड टु हेड’लाई हेर्ने हो भने स्विट्जरल्यान्डभन्दा स्पेन बलियो टोली हो।

तर जारी युरोकपको नतिजा हेर्ने हो भने बलिया र उपाधि दाबेदार मानिएका टोलीहरु समूह चरण र राउन्ड अफ १६ बाट नै बाहिरिसकेका छन्।

स्विट्जरल्यान्ड र स्पेन अहिलेसम्म २२ पटक आमनेसामने भएका छन्। यी भेटमा स्पेनले १६ पटक स्विट्जरल्यान्डलाई पराजित गरिसकेको छ। ५ खेल बराबरीमा सकिएको छ।

सन् २०१० मा भएको फिफा विश्वकपमा स्विट्जरल्यान्डले स्पेनलाई १–० गोल अन्तरले हराएको थियो। त्यो नै स्विट्जरल्यान्डले पहिलो पटक हराएको हो।

त्यसयता स्विट्जरल्यान्डले स्पेनलाई हराउनसकेको छैन।

स्पेनलाई हराउँदै स्विट्जरल्यान्ड ऐतिहासिक जित निकाल्दै अन्तिम ४ मा पुग्न चाहन्छ। उता स्पेन पनि स्विट्जरल्यान्डलाई हराउँदै सेमिफाइनल पुग्ने योजनामा छ।

यी दुई बीच सन् २०२० मा भएको पछिल्लो दुई भेटमा एक खेलमा स्पेनले जित निकालेको छ भने एक खेल बराबरीमा टुंगिएको छ।

belgiumvsitaly2021

बेल्जियमविरुद्ध इटाली
युरोकपको दोस्रो सेमिफाइनल खेलमा आज राति बेल्जियम र इटाली खेल्दै छन्। खेल राति पौने १ बजे म्युनिखमा हुनेछ।

राउन्ड अफ १६ को खेलमा बेल्जियमले पोर्चुगललाई १–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो।

उता इटालीले भने अष्ट्रियालाई १–० ले नै हराउँदै अन्तिम ८ मा स्थान बनाएको थियो।

यी दुई टोली ५ वर्षपछि आमनेसामने हुनलागेका हुन्।

पछिल्लो पटक यी टोली सन् २०१६ मा भएको युरोकपमा भेट भएका थिए। त्यसयता पहिलो पटक युरोकपमा नै खेल्न लागेका हुन्।

२०१६ को युरोकपमा इटालीले बेल्जियमलाई २–० गोल अन्तरले हराएको थियो।

विश्व फुटबलमा यी दुई परिचित टोली हुन्। दुवैलाई एक अर्काको कमजोरी र बलियो पक्षसँग जानकार रहेकाले त्यसैलाई सुधार गर्दै मैदान उत्रिनेछन्।

यी दुईबीचको हेड टु हेडलाई हेर्ने हो भने बेल्जियमभन्दा इटाली बलियो टोली हो।

यी दुई टोलीबीच अहिलेसम्म २२ पटक भेट भएको छ। २२ भेटमा इटालीले १४ खेलमा जित निकालेको छ। ४ खेल बराबरीमा सकिएको छ भने ४ खेलमा बेल्जियमले जित निकालेको छ।

स्विट्जरल्यान्डले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै अन्तिम ८ मा स्थान बनाएको थियो।

निर्धारित समयमा दुवै टोलीले ३–३ को बराबरी गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।

उता स्पेनले पनि क्रोएसियालाई ५–३ गोल अन्तरले पाखा लगाउँदै क्वार्टरफाइनलमा पुगेको हो, स्पेनले पनि क्रोएसियालाई अतिरिक्त समयमा पराजित गर्दै रोमाञ्चक जित निकालेको थियो।

‘हेड टु हेड’लाई हेर्ने हो भने स्विट्जरल्यान्डभन्दा स्पेन बलियो टोली हो।

तर जारी युरोकपको नतिजा हेर्ने हो भने बलिया र उपाधि दाबेदार मानिएका टोलीहरु समूह चरण र राउन्ड अफ १६ बाट नै बाहिरिसकेका छन्।

स्विट्जरल्यान्ड र स्पेन अहिलेसम्म २२ पटक आमनेसामने भएका छन्। यी भेटमा स्पेनले १६ पटक स्विट्जरल्यान्डलाई पराजित गरिसकेको छ। ५ खेल बराबरीमा सकिएको छ।

सन् २०१० मा भएको फिफा विश्वकपमा स्विट्जरल्यान्डले स्पेनलाई १–० गोल अन्तरले हराएको थियो। त्यो नै स्विट्जरल्यान्डले पहिलो पटक हराएको हो।

त्यसयता स्विट्जरल्यान्डले स्पेनलाई हराउनसकेको छैन।

स्पेनलाई हराउँदै स्विट्जरल्यान्ड ऐतिहासिक जित निकाल्दै अन्तिम ४ मा पुग्न चाहन्छ। उता स्पेन पनि स्विट्जरल्यान्डलाई हराउँदै सेमिफाइनल पुग्ने योजनामा छ।

यी दुई बीच सन् २०२० मा भएको पछिल्लो दुई भेटमा एक खेलमा स्पेनले जित निकालेको छ भने एक खेल बराबरीमा टुंगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .