ad ad

समाज


जहाँ अबदेखि २ वर्षमुनिको बच्चा छाडेर महिला विदेश जान पाउँदैनन्

जहाँ अबदेखि २ वर्षमुनिको बच्चा छाडेर महिला विदेश जान पाउँदैनन्

फाइल तस्बिर


नेपालखबर
असार १९, २०७८ शनिबार ७:५६,

चितवनको रत्ननगर नगरपालिकाको नवौं नगर सभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। 

यही असार ६ गते सुरु नगर सभाअन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रमसहित महत्त्वपूर्ण प्रस्तावमा छलफल गरी समापन गरिएको हो।

नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि एक अर्ब २६ करोड रुपैयाँको बजेट पारित गरेको छ। नीति तथा कार्यक्रमअन्तर्गत १४ वटा नगरका र १३ वटा लागत साझेदारी गौरवको योजनासमेत पारित गरेको छ। 

नगरपालिकाले बच्चा २ वर्ष नहुँदै आमा, बुवा, सासु आमा र ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिने सहित १७ बुँदे महत्त्वपूर्ण प्रस्ताव पारित गरेको छ। 

नगरसभाले बाल विवाह, सडक मानवमुक्त नगरपालिका घोषणा गर्ने, जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइ तोकिएको समयभित्र गरी पञ्जीकरणलाई व्यवस्थित गर्ने, नगर भित्र जग्गा प्लटिङ गरी घडेरी व्यवस्थापन गर्ने व्यक्ति वा संस्थाले नगरपालिकाबाट पूर्वअनुमती लिनुपर्ने प्रस्ताव पारित गरेको छ।

यस्तै प्रस्तावहरूमा  सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरूले आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, नगरसभाबाट पारित भएको बजेट शीर्षक र रकम सभाको अनुमतिमा मात्र शीर्षकान्तर गर्ने, पर्यटन प्रहरीको भवन निर्माण गर्न डेढ कठ्ठा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित गरिएको नगरप्रमुख नारायण वनले जानकारी दिए। 

त्यसैगरी नगरपालिकाले पूर्वाधार निर्माण गर्दा भवनले चर्चेको जग्गा नगरपालिकाको नाममा ल्याउन प्रक्रिया सुरु गर्ने, नगरपालिकालाई आवश्यक ऐन, कानुन बनाई पछि अनुमोदन गराउने गरी लागू गर्ने, आगामी आर्थिक वर्षको काम गर्न कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने, बालमैत्री नगरपालिका घोषणा गर्न बाँकी रहेका वडाको कार्य प्रारम्भ गर्ने, हेरफेर भएका करका दर स्वीकृत गर्ने निर्णय भएको छ। 

आगामी आर्थिक वर्षको आर्थिक विधेयक तथा विनियोजन विधेयक पारित गर्ने, कर्मचारीको तलवी प्रतिवेदन पास गरी तलव भत्ता खुवाउने, कर्मचारीको दरबन्दी पुनरवलोकन गर्ने, नियमित गर्नुपर्ने बेरुजु नियमित गर्नेलगायतका प्रस्ताव पारित गरिएको वनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .