ad ad

समाज


नवलपरासी पूर्वमा घाँस काट्न जंगल गएका सासू-बुहारीको शव भेटियो

नवलपरासी पूर्वमा घाँस काट्न जंगल गएका सासू-बुहारीको शव भेटियो

नेपालखबर
पुस ९, २०८० सोमबार ८:२३, नवलपरासी पूर्व

नवलपरासी पूर्व नवलपुरको जंगलमा सासू-बुहारी मृत फेला परेका छन्। 

आइतबार बिहान घाँस काट्न गएका नवलपुर विनयी त्रिवेणी गाउँपालिका-१ की ६० वर्षीया मनादेवी पौडेल र उनकी बुहारी २८ वर्षीया विष्णु पौडेल मृत फेला परेका हुन्। 

खोजी गर्ने क्रममा उनीहरुलाई आइतबार राति गाउँ नजिकैको विनय सामुदायिक वन क्षेत्रमा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी बेदबहादुर पौडेलले जानकारी दिए। 

‘बिहान ११ बजेतिर उहाँहरुले घरबाट झण्डै दुई किमी टाढाको दुरीमा रहेको सामुदायिक वनमा घाँस काट्न जानु भएको रहेछ,’ डीएसपी पौडेलले नेपालखबरसँग भने, ‘एक एक भारी घाँस दिउँसो घरमा ल्याएर फेरि अर्को भारी घाँस लिएर आउँदै गर्दा उहाँहरु जंगली जनावरको आक्रमणमा परेको आशंका हामीले गरेका छौँ।’

यकिन नभए पनि उनीहरुलाई बाघले आक्रमण गरेको आशंका गरिएको उनले बताए। 

झमक्कै साँझ परिसक्दा पनि सासूबुहारी घर नफर्किएपछि खोजतलास गर्दा राति विनयी सामुदायिक वन क्षेत्रको खहरे ढिक जंगलमा उनीहरुको शव फेला परेको हो। सासूबुहारी दुबैको टाउकोमा गहिरो चोट छ।

दुबै शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको उनले बताए। 

त्यस क्षेत्रमा वर्षेनी बाघसहितका जंगली जनावरको आक्रमणबाट स्थानीयले ज्यान गुमाउँदै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .