झापामा हुण्डरीले रुख ढाल्दा घरमै सुतिरहेकी किशोरीको मृत्यु भएको छ।
गएराति नौबजे हल्दीबारी गाउँपालिका-२ पाराखोपी बस्ने प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशीको ढलेको रुखले थिच्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
राति किशोरी आफ्नै घरमा सुती रहेको अवस्थमा वर्षासहित आएको ठूलो हावाहुरीले घर नजिकै रहेको आँपको रूख ढालेको थियो।
रुखले किच्दा किशोरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। रुख बजारिँदा राजबंशीको घर पनि भत्किएको छ।
612
Shares

प्रतिक्रिया