समाज


पतिसँग मनमुटाव भएपछि ३० वर्षीया महिलाले लगाइन् आफ्नै शरीरमा आगो

पतिसँग मनमुटाव भएपछि ३० वर्षीया महिलाले लगाइन् आफ्नै शरीरमा आगो

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १२:५३, झापा

झापाकी एक महिलाको आगोले जलेर मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालयका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनाकाअनुसार घरमा एक्लै भएका बेला सोमबार दिउँसो ती महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्।

मृत्यु हुनेमा दमक नगरपालिका–१ भानुचोक निवासी मनोज साहकी श्रीमती ३० वर्षीया शोभा साह छिन्। 

आगोले जलेर गम्घीर घाइते भएकी उनलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात् धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। 

धरानमा उपचार नहुने जानकारी पाएपछि पुनः बिर्तामोडस्थित विएण्डसी अस्पतालमा ल्याउँदै गर्दा उनको मत्यु भएको प्रहरीले नजाएको छ। 

शोभाले पतिसँग मनमुटाव बढेपछि आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad