समाज


प्रहरीले गोली हानेर पक्राउ गर्‍यो २  भारतीय, ब्राउन सुगर बरामद

प्रहरीले गोली हानेर पक्राउ गर्‍यो २  भारतीय, ब्राउन सुगर बरामद

नेपालखबर
माघ २३, २०८१ बुधबार ५:२७, काठमाडौँ

झापाको कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डबाट प्रहरीले गोली प्रहार गरी दुई भारतीयलाई पक्राउ गरेको छ। 

उनीहरु लागुऔषध कारोबारी भएका प्रहरीले जनाएको छ।

भारतको बिहार राज्य अन्तर्गतको डिगल बैंकथाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए। 

प्रहरीका अनुसार उनीहरुले वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागुऔषध ओसारपसार गरिरहेका थिए। प्रहरीले रोकेर जाँज गर्ने क्रममा दुवै जना भाग्न खोज्दा उनीहरुमाथि गोली चलाउनु परेको चन्दले बताए। 

प्रहरीले चार राउण्ड हवाई फायर गरी दुवैलाई नियन्त्रणमा लिएको हो। यस क्रममा मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ। 

उनीहरुको साथमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगुर ६३ मिलिग्राम फेला परेको सूचना अधिकारी चन्दले जानकारी दिए। घाइेत अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad