समाज


बिचौलियाको आरोपमा सुर्खेतको यातायात र मालपोत कार्यालयबाट १६ जना पक्राउ

बिचौलियाको आरोपमा सुर्खेतको यातायात र मालपोत कार्यालयबाट १६ जना पक्राउ

नेपालखबर
चैत १९, २०८२ बिहिबार १२:५६, काठमाडौँ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय आसपासबाट बिचौलियाको आरोपमा १६ जना पक्राउ परेका छन्। 

बिहीबार बिहान साढे ११ बजेको समयमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ। सुर्खेतका डीएसपी मोहनजंग बुढथापाले सेवाग्राहीको सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण गरिदिने तथा जग्गा नामसारी लगायतका भू-सेवा सम्बन्धी काम गरिदिने भन्दै रकम लिँदै बिचौलियाको रूपमा काम गरिरहेको सूचनाका आधारमा प्रकाउ गरिएको बताए। 

प्रहरी निरीक्षक किशोर खत्रीको नेतृत्वमा खटिएको टोलीले यातायात व्यवस्था कार्यालयबाट ६ पुरुष र मालपोत कार्यालयबाट १० जना महिला गरी जम्मा १६ जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए।

डीएसपी बुढथापाका अनुसार पक्राउ पर्नेहरूमा यातायात व्यवस्था कार्यालय सुर्खेतबाट वीरेन्द्रनगर नगरपालिका-१  प्रगतिशीलका ३६ वर्षीय दीपकबहादुर विक, वीरेन्द्रनगर-३ का ६२ वर्षीय इन्द्रबहादुर शाही, वीरेन्द्रनगर-१२ का ३३ वर्षीय प्रदीप खड्का, वीरेन्द्रनगर-५ का २८ वर्षीय हरिप्रसाद देवकोटा, वीरेन्द्रनगर-१० का ३२ वर्षीय प्रभाकर शर्मा गौतम र लेकवेशी नगरपालिका-३ का ३७ वर्षीय रमेश दमाई छन्। 

यस्तै, मालपोत कार्यालय सुर्खेतबाट पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-३ की २५ वर्षीया लक्ष्मी शाही, ३४ वर्षीया पार्वती योगी, वीरेन्द्रनगर-५ की ३५ वर्षीय पवित्रा न्यौपाने, वीरेन्द्रनगर-६ की २३ वर्षीया सम्झना योगी र ३८ वर्षीया निर्मला योगी छन्। 

यस्तै, वीरेन्द्रनगर नगरपालिका-११ की १८ वर्षीया रोशनी शाही, ३१ वर्षीया दुर्गा शाही, २० वर्षीया गीता सुनार, ३२ वर्षीया रोशमी तिवारी र वीरेन्द्रनगर-१२ की ३८ वर्षीया कुसुम बुढाक्षेत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad