भारत राष्ट्र समिति (बीआरएस) विधायक जी लस्या नन्दिताको गाडी दुर्घटनामा मृत्यु भएको छ।
उनी सवार कार हैदरावादको पठानचेरु नजिकैको बाहिरी रिङरोडमा दुर्घटना भएको हो।
उनी चढेको कारले नियन्त्रण गुमाएपछि डिभाइडरमा ठोक्किँदा घटनास्थलमै उनको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।
दुर्घटनामा कारका चालक गम्भीर घाइते भएका छन्। ३४ वर्षीया लस्या नन्दिता सिकन्दराबाद क्यान्टोनमेन्टबाट विधायक थिइन्।
उनका बुबा सायन्ना लामो समय सिकन्दराबाद क्यान्टोनमेन्टबाट विधायक थिए।
दुर्घटनास्थलको भिडिओ-
VIDEO | Bharat Rashtra Samithi (@BRSparty) MLA G Lasya Nanditha killed in a road accident in Telangana's Sangareddy district. The accident took place early morning today.
(Full video available on PTI Videos - https://t.co/n147TvqRQz) pic.twitter.com/nhgukCOSNZ— Press Trust of India (@PTI_News) February 23, 2024
Shares

प्रतिक्रिया