ad ad

समाज


कार दुर्घटना हुँदा भारत राष्ट्र समितिकी विधायक नन्दिताको निधन (भिडिओ)

कार दुर्घटना हुँदा भारत राष्ट्र समितिकी विधायक नन्दिताको निधन (भिडिओ)

नेपालखबर
फागुन ११, २०८० शुक्रबार १५:३०, काठमाडौँ

भारत राष्ट्र समिति (बीआरएस) विधायक जी लस्या नन्दिताको गाडी दुर्घटनामा मृत्यु भएको छ।

उनी सवार कार हैदरावादको पठानचेरु नजिकैको बाहिरी रिङरोडमा दुर्घटना भएको हो। 

उनी चढेको कारले नियन्त्रण गुमाएपछि डिभाइडरमा ठोक्किँदा घटनास्थलमै उनको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। 

दुर्घटनामा कारका चालक गम्भीर घाइते भएका छन्। ३४ वर्षीया लस्या नन्दिता सिकन्दराबाद क्यान्टोनमेन्टबाट विधायक थिइन्।

उनका बुबा सायन्ना लामो समय सिकन्दराबाद क्यान्टोनमेन्टबाट विधायक थिए।

दुर्घटनास्थलको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .