समाज


सदनलाई जानकारी नगराई प्रधानमन्त्री युरोप गएकोमा कांग्रेसको आपत्ति

सदनलाई जानकारी नगराई प्रधानमन्त्री युरोप गएकोमा कांग्रेसको आपत्ति

नेपालखबर
असार ३, २०७६ मंगलबार ११:५,

मंगलबार प्रतिनिधि सभामा भएको घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति गम्भीर प्रश्न उठाएको छ। उनको कार्यशैली ‘संसदीय मर्यादाप्रति अनुत्तरदायी’ रहेको भन्दै कांग्रेस संसदीय दलले घोर भत्र्सना गरेको छ।

कांग्रेस संसदीय दलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सदनमा प्रमुख प्रतिपक्ष दलका नेतालाई नै बोल्न समय नदिएका कारण सदनको बेल घेर्नुपर्ने अवस्था सिर्जना भएको छ। सभामुखको संसदीय मर्यादाप्रति अनुत्तरदायी यस कार्यप्रति नेपाली संसदीय दल घोर भत्र्सना गर्दछ।’

प्रधानमन्त्री विदेश भ्रमणमा जानुअघि संसदनलाई सम्बोधन गरी यात्राको कार्यतालिकमा छलफल गर्ने र त्यसबाट हुने प्रतिफल जानकारी गराउने संसदीय चलन प्रधानमन्त्री ओलीले पालना नगरेको प्रमुख प्रतिपक्षले आरोप लगाएको छ। ‘प्रधानमन्त्री भ्रमणको पाँच दिन पछाडि मात्र राष्ट्रपति कार्यालयको पत्रबाट प्रधानमन्त्री युरोप भ्रमणमा जानु भएको सदनले जानकारी गराइयो’, विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्रीले संसदमा बालेका गैरसंसदीय अमर्यादित शब्दहरुले संसदको मर्यादा घटाउने कार्य गरेको समेत प्रमुख प्रतिपक्षले आरोप लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .