समाज


पोखराबाट बिदा पर्यटन सुरु हुने!

पोखराबाट बिदा पर्यटन सुरु हुने!

वाशुदेव मिश्र
असार १, २०७६ आइतबार १६:१,

आन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहेको गण्डकी सरकारले आन्तरिक पर्यटन बिदाको अवधारणा कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ।

नेपालका पर्यटन व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न लामो समयदेखि यो माग उठाउँदै आएका थिए।

यो माग संघीय सरकारमा पुगे पनि पर्यटन प्रवद्र्धन गर्न कर्मचराीलाई बिदा दिने अवधारणा भने कार्यान्वयमा आउन सकेको थिएन।

पोखरा आन्तरिक पर्यटनको पहिलो गन्तव्य हो । प्रदेश सरकारले यो अवधारणा कार्यान्वयनमा ल्यायो भने कम्तिमा गण्डकीले पर्यटनलाई महत्व दिएको सन्देश प्रवाह हुनेछ।

यो घोषणा नेपालको पर्यटन उद्योगको लागि नयाँ सन्देश प्रवाह हुनेछ। अहिलेसम्म घुम्न चाहने आन्तरिक पर्यटक र कर्मचारीहरुले नियमित बिदाको उपयोग गर्दे आएका छन्।

‘बजेटमा अहिले आएको व्यवस्थाले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान गर्छ’, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले भने,‘अझ सरकारले विद्युतीय कार्डमार्फत बस्तु तथा सेवा किनबेच गरेमा करबापतको १० प्रतिशत रकम फिर्ता गर्ने व्यवस्था पनि गरेको छ, कर्मचारीहरुले यो योजनामार्फत घुम्दा पनि लाभ लिन सक्छन्।’

प्रदेश सरकारले बिदा पर्यटनको कार्यबिधि नै निर्माण गर्ने घोषणा गरेको छ। कार्यबिधि बनेपछि कति दिन यस्तो बिदा दिने भन्ने निक्र्यौल हुन्छ।

कम्तिमा एकहप्ता यस्तो बिदाको व्यवस्था गरिए अहिले घोषणा गरिएका होमस्टे र यो क्षेत्रको चल्तीको अन्नपूर्ण पदयात्रा मार्ग, ढोरपाटन शिकार आरक्षण र धार्मिक यात्रालाई समेत बल पुग्नेछ।

सरकारले बिदा पर्यटनको लागि बिदा मात्र दिएर हैन, निश्चित रकम प्रोत्साहन गरेमा अझ राम्रो हुने पर्यटन व्यवसायी सोम थापाको सुझाव छ।

प्रदेश सरकारले कर्मचारीलाई घुम्ने बिदाको घोषणासँगै केन्द्र सरकारको तलब बृद्धिमा एकरुपता आउने गरी तलब बृद्धिलाई समायोजन गर्ने प्रतिवद्धता पनि जनाएको छ।

प्रदेश सरकारले गठन गरेका नयाँ पदहरु पूर्ति गर्ने भन्दै बजेटले कर्मचारी थप्ने योजनातर्फ पनि संकेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .