ad ad

समाज


साउदी अरब युद्ध चाहँदैनः युवराज सलमान

साउदी अरब युद्ध चाहँदैनः  युवराज सलमान

नेपालखबर
असार १, २०७६ आइतबार ११:५४,

 साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदले आफ्नो देशले क्षेत्रीय युद्ध नचाहेको बताएका छन्।

एक पत्रिकालाई आइतबार दिएको अन्तर्वार्तामा उनले कसैको दबाब र ड।मा कुनै पनि सम्झौता नगर्ने बताएका छन्। ‘यो अधिराज्य क्षेत्रीय युद्ध गर्न चाहँदैन, तर हाम्रो देश, जनता, सार्वभौमिकता र हाम्रो महत्वपूर्ण चासोको विरुद्धमा दिइने दबाबबाट पछाडि हट्ने छैनौं,’ अन्तर्वार्ताका क्रममा उनले भनेका छन्।

इरानको हालैको गतिविधिलाई लक्षित गर्दै युवराज सलमानले यस्तो धारणा राख्नु भएको बताइएको छ।

यमन संकटका बारेमा सोधिएको प्रश्नमा उनले राजनीतिक तरिकाले संकट समाधान गर्नु पर्नेमा जोड दिए।

युवराज सलमानले क्षेत्रीय सुरक्षा र स्थायित्वलाई आधार बनाएर अमेरिकासँग रणनीतिक सम्बन्ध कायम गर्नुपर्ने धारणा राखेका छन्।

साउदी पत्रकार जमाल खसोग्जीको पीडादायी हत्याका सम्बन्धमा उनले ‘पूर्ण न्याय र विश्वसनीयता’ साउदी अरबले चाहेको उल्लेख गरे।

‘कपिपयले यसलाई राजनीतिक रुप दिन खोजेका छन्, त्यसलाई रोकौँ, बरु प्रमाणहरु छन् भने अदालतमा पेस गरौँ’, उनले भने। रासस-सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .