विश्व हिन्दु महासंघले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिएको छ।
नेपाल सरकारले संसदमा पेश गरेको विवादास्पद गुठी विधेयक संवैधानिक व्यबस्था र नेपाली मौलिक धर्म संस्कृति, परम्परा मान्ने ९५ प्रतिशत भन्दा बढी सनातनधर्मी जनताको भावना माथि कुठाराघात गरेको महासंघले ठहर गरेको छ।
‘मौलिक धर्म संस्कृति परम्परा राष्ट्रियताका प्रमुख आधारस्तम्भ तथा सूचकहरु हुन् भन्ने विश्वप्यापी मान्यता छ।’ महासंघका महासचिव शम्भुहरी बास्तोलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर वर्तमान सरकारले मौलिक संस्कृतिका विरुद्धमा कहिले होलिवाइन संस्करणमा आफूलाई उभ्याउने त कहिले मौलिक धर्म संस्कृति र परम्परा धान्दै आएको गुठी समेत समाप्त पार्ने मनाशयका साथ विधर्मी दलालहरुको प्रभावमा परी विधेयक प्रस्तुत गर्नु सर्वथा निन्दनीय छ।’
महासंघले विधेयक फिर्ता नलिए धर्मयुद्ध समेत निम्तिनसक्ने चेतावनी पनि दिएको छ।
‘सर्वे भवन्तु सुखिन’ ‘बसुधैब कुटुम्बकम्’ ‘परोपकाराय पुण्याय पापाय परोपीडनम्’ जस्ता आदर्श बोकेका सनातनीहरुको विरुद्धमा विदेशी विधर्मी दलालहरुको प्रभावमा परेर ल्याउन खोजिएको यो विधेयक सरकारले तुरुन्त फिर्ता नलिएमा नेपाली मौलिक धर्म संस्कृति परम्परा मात्र समाप्त हुने होइन, जनताको भावनामा चोट पर्न गई आपसी सद्भाव भाइचारामा समेत असर पुग्ने र धर्मयुद्ध समेत निम्तिन सक्ने हाम्रो निश्कर्ष छ’ महासंघले भनेको छ।
प्रतिक्रिया