ad ad

समाज


 यस्ता छन् कोटिन्हो जाने संभावित क्लबका सूची

 यस्ता छन् कोटिन्हो जाने संभावित क्लबका सूची

नेपालखबर
असार १, २०७६ आइतबार १०:१६,

बार्सिलोना यस समर ट्रान्सफरमा ब्राजिलिएन स्टार फिलिप कोटिन्होलाई बेच्न चाहान्छ।

हाल कोटिन्हो ब्राजिलको तर्फबाट कोपा अमेरिका खेलिरहेका छन्। भर्खरै सम्पन्न सिजनमा कोटिन्हो चम्कन नसकेपछि बार्साले उनलाई बेच्ने मनसाय बनाएको हो।

सन् २०१७ मा नेमारको बहिर्गमनपछि बार्साले कोटिन्होलाई १ सय ४० मिलियन पाउन्डमा लिभरपुलबाट भित्र्याएको थियो।

पहिलो सिजनमा उनको प्रदर्शन उल्लेखनीय भए पनि दोस्रो सिजनका उनले मात्र ५ गोल गरे।

स्पेनिस खेल पत्रिका मार्काका अनुसार कोटिन्हो जानसक्ने क्लबको सूची यस्तो छ।

१. पीएसजीः पीएसजीमा ब्राजिलका नेमार, ड्यानी आल्भेस, थिएयो सिल्भाजस्टा खेलाडी छन्। स्टार कोटिन्होलाई पीएसजीले भित्र्याउन सक्छ।

२. म्यानचेस्टर सिटी

३. चेल्सी

४. लिभरपुल

५. आर्सनल

६. टोटनह्याम मार्का

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .