नेकपाका सांसद सांसद शान्ता चौधरीले गुठी विधेयकका बारेमा गलत प्रचार भएको भन्दै आश्चर्य प्रकट गरेकी छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उनले संविधान विपरित विधेयक नभएको दाबी गरिन्।
दाङको स्वर्गद्धारी गुठीको १२ सय विघाहा जमिन १६ सय घरधुरी परिवारले जोतभोग गरिरहेको भन्दै उनले मोही किसानको हकमा पनि आवाज उठाउनुपर्ने बताइन्।
उनले भनिन्, ‘धर्म हाम्रो आस्था हो संस्कृति हो। पहिचान हो। तर मान्छेलाई रुवाएर हाँस्ने भगवान कहाँ हुन्छ र? मैले त यही प्रश्नको जवाफ खोजिरहेछु।’
प्रतिक्रिया