ad ad

समाज


ट्रम्प र लन्डनका मेयरको विवाद व्यक्तिगत बन्यो

ट्रम्प र लन्डनका मेयरको विवाद व्यक्तिगत बन्यो

नेपालखबर
असार १, २०७६ आइतबार ९:३४,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र लन्डनका मेयर सादिक खानबीचको विवाद निकै व्यक्तिगत बन्दै गएको छ।

दुवै ट्वीटरमा आरोप र प्रत्यारोपमा उत्रिएका छन्। दुवै नेता एक अर्काको नीतिको विरोध गर्दछन्।

यतिबेला पदको गरिमा राख्न नसकेको भन्दै सर्वसाधारणले दुवै नेताको आलोचना गर्न थालेका छन्।

ट्रम्पले ट्वीटमा लन्डनका मेयर खान वेलायतका लागि राष्ट्रिय अपमान भएको बताएका छन्। उनले भनेका छन्,‘उनी राष्ट्रिय अपमान हुन् जसले लन्डनलाई ध्वस्त बनाइरहेका छन्।’

वेलायती अर्थतन्त्र ध्वस्त बनाउने कार्यमा खान लागेको ट्रम्पको अरोप रहेको छ। शनिबारमात्र लन्डनमा २४ घन्टाको अवधिमा ५ वटा आक्रमणको घटना घटेको थियो।

जहाँ ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। ट्रम्पले आक्रमणको घटनासँगै खानविरुद्ध ट्वीट गरेका हुन्।

अमेरिकी राष्ट्रपतिको ट्वीटपश्चात वेलायती लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ट्रम्पको कार्य नैतिकवान नभएको बताएका छन्। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .