बाजुरामा घाँस काट्ने क्रममा भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु भएको छ।
शनिबार साँझ घास काट्न गएकी बाजुराको खप्तड छेडेहद गाउँपालिका–६ की सीताकुमारी पाध्यायको भिरबाट लडेर मृत्यु भएको हो।
गाईगोरुको लागि गाउँ नजिकै रहेको चुल्ली भिरमा घाँस काट्न गएको बेला चिप्लेर भिरबाट लड्दा उनको घटनास्थमै मृत्यु भएको उनका दाजु दिल्ली पाध्यायले जानकारी दिए।
उनी बडिमालिका नगरपालिका–१ पिनालेखमा रहेको जाल्पादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा हुन्। रासस
प्रतिक्रिया