ad ad

समाज


गुठी विधेयक सच्याउँछौं, आन्दोलनको चान्स छैनः ओली

गुठी विधेयक सच्याउँछौं, आन्दोलनको चान्स छैनः ओली

नेपालखबर
असार १, २०७६ आइतबार ६:३,

 

प्रधानमन्त्री केपी शर्मा ओलीले भूलवस गुठीसम्बन्धी विधेयकमा केही गल्ती भएको भए सरकार सच्याएर अगाडि बढ्न तयार रहेको बताएका छन्।

८ दिन लामो युरोप भ्रमण सकेर आइतबार बिहान स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै धर्म संस्कृतिमा प्रतिकूल असर पर्ने कुरा भूलवस परेको भए सरकार सच्चयाउन तयार रहेको बताएका हुन्।

उनले केही तत्वले गुठी विधेयकलाई लिएर आन्दोलन गरिरहेको भन्दै सरकार त्यस्ता तत्वलाई ‘चन्स’ दिने पक्षमा नरहेको बताए।

सरकार जनतालाई खुसी बनाउनका लागि भएको भन्दै यनले जनता दुःखी हुने काम सरकारबाट नहुने प्रस्ट पारे।

उनले सरकारले गुठीसँग सम्बन्धित समस्या समधान गर्न खोजेको प्रस्ट पारे। ‘गुठीका नाममा कतिपय ठाउँमा शोषण भएको छ । त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो सबैतिर हैन। सांस्कृतिक रुपमा जोडिएका गुठीको कुरा बेग्लै हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यही कुरालाई लिएर विरोध र आन्दोलन चर्काउन खोज्नेहरुले कुनै ‘चान्स’ आउनेवाला छैन।’

८ दिने युरोप भ्रमणका लागि प्रधानमन्त्री ओली गत जेठ २५ गते स्विट्जरल्यान्ड प्रस्थान गरेका थिए। प्रधानमन्त्री ओली स्विटजरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणसँगी आइतबार बिहान स्वदेश फर्केका हुन्।

उनलाई विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा नेकपा नेता सुवास नेम्बाङ लगायतले विमानस्थलमा स्वागत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .