ad ad

समाज


लागुऔषधसहित तीन पक्राउ

लागुऔषधसहित तीन पक्राउ

नेपालखबर
असार १, २०७६ आइतबार ४:१८,

सिरहाको बरियारपट्टीबाट लागुऔषधसहित प्रहरीले तीन युवालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ बरियारपट्टी गाउँपालिका–३ हवल्दारचोकबाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–२ निवासी ३१ वर्षीय सञ्जयकुमार महतो, लहान गरपालिका–८ निवासी २१ वर्षीय राजेश राय र लहान नगरपालिका– ७ निवासी ३४ वर्षीय रबि भुजेल छन्।

भारतीय बजारतर्फबाट को ३८प ३८९६ नम्बरको स्कुटीमा आउँदै गर्दा उनीहरुमाथि शङ्का लागेर जाँच गर्दा स्कुटी चालक महतोको साथबाट लागुऔषध नाइट्रोसन ट्याब्लेट १० वटा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .