ad ad

समाज


गुठी विधेयकको विरोधमा बसन्तपुरमा प्रर्दशन

गुठी विधेयकको विरोधमा बसन्तपुरमा प्रर्दशन

नेपालखबर
जेठ ३२, २०७६ शनिबार ११:२६,

गुठी विधेयकको विरोधमा राजधानीको बसन्तपुर दरबार क्षेत्रमा प्रर्दशन भएको छ।

ज्यापू महागुठी नेवाः केन्द्रीय समितिको आव्हानमा शनिबार बिहान बसन्तपुर दरबार क्षेत्रमा विरोध प्रर्दशन गरिएको हो। ज्यापू महागुठी अन्र्तगतका विभिन्न गुठीका गुठीयार तथा सर्वसाधरण सम्मिलित प्रर्दशनमा परम्परागत धार्मिक, सांस्कृतिक धरोहर अतिक्रमण गर्ने गरि गुठी विधेयक ल्याईएको भन्दै विरोधमा नाराबाजी गरिएको थियो।

प्रर्दशनकारीले नेवाः एकता जिन्दावाद, गुठी विधेयक खारेज गर, सांस्कृतिक अतिक्रमण बन्द गर, नेवा अब जाग्दैछ, आफ्नो अधिकार खोज्दैछ लगायतका नारा लगाएका थिए। ज्यापू महागुठी अन्र्तगतका गुठीहरुहरुको संलग्नतामा निकालिएको विरोध र्यालीले न्यूरोड, जैसीदेवल लगायतका स्थान हुदै बसन्तपुर दरबार क्षेत्र पुगी कोणसभामा परिणत भएको थियो।

सरकारले ल्याएको गुठी विधेयकको सडकदेखि सदनसम्म विरोध हुँदै आएको छ। सत्तारुद दलकै सांसदहरुले पनि यो विधेयकको विरोध गर्दै आएका छन्।

सरकारले मुलुकभरका गुठीहरुको व्यवस्थापन लगायतका कामका लागि प्राधिकरण गठन गर्ने र गुठीको जग्गा भोगचलन गर्दै आएका किसानको नाममा रजिष्ट्रेशन पास गरिदिने व्यवस्था सहितको गुठी विधेयक ल्याएपछि त्यसले परम्परागत धार्मिक तथा सांस्कृतिक धरोहरको अस्तित्व समाप्त पार्ने भन्दै मुलुकभरका गुठीहरु विरोधमा उत्रिएका हुन्। गुठी विधेयकको विरोधमा राजधानी लगायत मुलुकका विभिन्न स्थानमा दैनिकजसो विरोध प्रर्दशन हुदै आएको छ भने संघीय संसदमा पनि सांसदहरुले विधेयकको विरोध गर्देै आएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .