समाज

Tata MotorsTata Motors

बम विस्फोटले यसरी बिथोल्यो खड्गी परिवारको सपना (भिडियो रिपोर्ट)

समिर खड्गी


दीपक खरेल
काठमाडौं, जेठ ३२

काठमाडौंका दानकाजी खड्गी भोटेबहाल क्षेत्रमा चिया पसल चलाउँथे। सधैं जस्तै यो दिन पनि आठ वर्षीय छोरा समिर पसल नजिकै खेलिरहेका थिए। अचानक ठूलो आवाजका साथ बम विस्फोट भयो।

देशमा सशस्त्र द्वन्द्वको विधिवत अन्त्य भएको १३ वर्ष भयो। द्वन्द्वका पक्षहरू तत्कालीन अवस्थामा सरकार सञ्चालन गर्ने पार्टी र विद्रोही माओवादीले मिलेर यो अवधीमा पटक पटक सरकार चलाइसकेका छन्।

तर यी १३ वर्षमा माओवादी पार्टी सग्लो रहेन। माओवादीबाट विभाजित भएका विभिन्न समूहमध्ये एउटा नेत्रबिक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको समूह अहिले पनि सशस्त्र द्वन्द्वकै तयारीमा छ।

चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नख्खुमा १२ फागुन २०७५ मा राखेको बम बिस्फोटमा परी लमजुङका सिंगबहादुर गुरुङ्गको मृत्यु भयो। सोही घटनामा प्रतीक्षा खड्का र उरुषा मानन्धर घाइते भए।

यी तीनैजना सर्वसाधारण नागरिक हुन्, जसको स्वतन्त्रतापूर्वक सुरक्षित बाँच्न पाउने अधिकारको हनन भएको छ। यस्ता घटना देशभर भएका छन्। विप्लव समूहको गतिविधिका कारण अहिले फेरि सर्वसाधारणमा त्रास बढिरहेको छ।

सशस्त्र द्वन्द्वमा आफन्त गुमाएका बिद्रोही र राज्यपक्ष दुबैका परिवार अझै पनि न्यायको खोजीमा भौंतारिइरहेका छन्।

सात वर्षअघि ५ मंसिर २०६३ मा दश वर्ष लामो सशस्त्र द्वन्द्वको विधिवत समापन भएको थियो। तर कतिपय समूह यसरी पहिलेकै राजनीतिक लाइनमा हिंडिरहन्छन्, जसले समाजमा लामो समयसम्म प्रभाव पारिरहन्छ। यहाँ द्वन्द्वले सिर्जना गरेको त्यस्तै एउटा घटना र त्यसले समाजमा पारेको प्रभावबारे खोजी गरिएको छ।

Bidhlabmobile bidhlab

घटना ४ मंसिर २०७० को हो। देशमा ऐतिहासिक दोस्रो संविधान सभा निर्वाचनका लागि मतदान हुँदै थियो। त्यतिबेला मोहन बैद्य ‘किरण’ र विप्लव एउटै पार्टीमा थिए। उनीहरुलाई निर्वाचन बिथोल्नु थियो। त्यसैक्रममा राजधानीको भोटेबहाल क्षेत्रमा त्रास फैलाउन किरण–विप्लव समूहले बम राख्यो।

सो समूहका नेता माइला लामाको नेतृत्वमा भोटेबहाल आजाद स्कुल नजिक मतदान केन्द्रमा बम विस्फोट गराउने उनीहरुको योजना थियो। जसले बम राख्ने जिम्मेवारी पाएका थियो, उसले निर्धारित स्थानमा नराखी बाटोमै छाडेर हिँड्यो।

स्थानीय दानकाजी खड्गी सोही क्षेत्रमा चिया पसल चलाउँथे। घटनाका समय उनका आठ वर्षीय छोरा समिर खड्गी बुबाआमासँगै पसलमा थिए। उनी त्यहीँ खेलिरहेका थिए।

अचानक ठुलो आवाजका साथ बम विस्फोट भयो। दानकाजीले छोरा समिरलाई दायाबाँया खोजे। समिर केही पर अचेत अवस्थामा लडिरहेका थिए। छेउमा गंगा र सुनिता बलामी बमको छर्रा लागेर छटपटाउदै थिए। बिस्फोटमा परी समिरले दायाँ हात गुमाइसकेका थिए।

घटनाको ६ वर्षपछि नेपालखबर टिम यसै हप्ता तिनै समिरलाई खोज्दै भोटेबहालको आजाद टोलमा पुगेको थियो। हामी त्यहाँ पुग्दा समिरकी आमा राधा पसलमा थिईन। तीन सन्तानकी आमा राधाका कान्छा छोरा हुन समिर। दुई छोरीपछिका समिर घरमा सबैका प्यारा।

राधाको पसल छेउमै पहिले समिर पढने अरनिको स्कुल छ। उनी बिहान बिद्यालयको पोशाकमा ठाँटिएर बिद्यालय हिँडेका बालबालिका देखेपछि न्यास्रो मान्छिन्। किनभने, समिर स्कुल जान छाडेका छन्।

समिर किन स्कुल जान मान्दैनन्, आमा राधा र बाबुर दानकाजी दुबैलाई थाह छैन। यसबारे समिरपनि केही बताउन चाहँदैनन्। अरनिको स्कुलमा पढ्नमा निकै असल समिरले उमेर बढदै गएपछि एकाएक स्कुल जान नमानेपछि परिवारमा अर्काे सुर्ता थपिएको छ।

हामी राधासँगै पसलदेखि केही पर रहेको उनको डेरामा गयौंँ। समिर सुतिरहेका थिए। केही समय उनी हामीसँग बोल्न समेत मानेनन्। विस्फोटमा परी आफ्नो दाहिने हातका चार औला गुमाएका थिए। यो घटनापछि उनले अर्को हातले लेख्न सिके।

बुबा दानकाजीका अनुमानमा, एउटा हातमा चार औला नहुनु समिर स्कुल जान नमान्नुको एउटा कारण हुनसक्छ। किनभने, त्यसैलाई आधार बनाएर साथीहरुले उनलाई जिस्क्याउने गरेका छन्। धेरै कोशिसका बाबजुद उनले अर्काे हातले भनेजसरी लेख्न सक्दैनन्।

समिरकै इच्छा अनुसार आमा–बाबुले यसैवर्ष स्कुल परिवर्तन गरिदिएका थिए। तरपनि उनी स्कुल जान चाहेनन्। यसका कारण राधा र दानकाजी थप चिन्तित बनेका छन्।

यो रिपोर्टिङका क्रममा हामीले केही समय समिरको घरमा बिताएका थियौँ। उनको कोठा वरिपरि संगीतका सामाग्री थिए। कोठाको भित्तामा एउटा प्रमाणपत्र झुण्डिएको देखियो। त्यो प्रमाणपत्र त्यो समिरले नेवारी पर्वहरुमा बाजा बजाएर पाएका रहेछन्।

बिद्यालयसँग निरास भएपनि संगितमार्फत् सरस्वतीकै उपासनामै रहेछन्। उनको रुची संगितमा रहेछ। उनी खड्गी समाजबाट न्यायाखी बाजा बजाउन पोख्त रहेछन्। उनी पाटनका गुरु राजेन्द्र महर्जनको टोलीमा नेवारी परम्परागत संगित बादन सिक्दै रहेछन्।

समिरकी आमा राधाको चिया पसल गर्छिन् भने बाबु दानकाजी एकजना निजी व्यवसायीकहाँ काम गर्छन। उनीहरु काठमाडौँका रैथाने हुन्। तर, बस्नका लागि आफ्नो घरमा अपुग छ। त्यसैले, डेरा लिएर बस्न बाध्य छन्।

निम्न आय भएको यो परिवारको आशा भनेको समिर थिए। एउटी छोरी विवाहपछि घरजम भइसकेको छ। अर्की छोरीको पनि केही बर्षभित्रै विहे हुनेछ। त्यसैले, आमा राधा र बाबु दानकाजीसँग जीवनपर्यन्त रहने भनेका यिनै समिर हुन्।

त्यो बम विस्फोटको शिकार समिरको हातसँगै त्यो परिवारको सुखद भविष्य पनि हुन पुगेको छ।

भिडियो: प्रविन कोइराला 

जेठ ३२, २०७६, शनिबार

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्
लेखकबाट थप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors