ad ad

समाज


कोबायाशी अवार्ड प्राप्त डा. सुदीप श्रेष्ठ ललितपुर महानगरद्वारा सम्मानित

कोबायाशी अवार्ड प्राप्त डा. सुदीप श्रेष्ठ ललितपुर महानगरद्वारा सम्मानित

नेपालखबर
असार ९, २०७८ बुधबार १०:२,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठ सम्मानित भएका छन्।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले डा. श्रेष्ठलाई एक समारोहबीच सम्मान गरेका हुन्।

क्यान्सर निदान, उपचार र शोधमा डा. श्रेष्ठले अतुलनीय योगदान पुर्‍याएको महानगर प्रमुख महर्जनले बताए।

ललितपुर जिल्लामै जन्मिएर यसै क्षेत्रलाई आफ्नो कार्यक्षेत्र समेत बनाइ एक स्वस्थ सहर निर्माणका लागि डा. श्रेष्ठले कर्मठ रुपले आफ्नो कर्तव्य पालन गरेको भन्दै प्रमुख महर्जनले उनको प्रशंसा गरेका थिए।

कार्यक्रममा ललितपुर महानगरपालिकाका २९ वडाहरुका स्वास्थ्य केन्द्रलाई नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको सहयोगमा क्यान्सरको प्रारम्भिक निदानका लागि सुदृढिकरण गर्ने र स्थानीय निकायहरुको सहकार्यमा समुदायमा आधारित क्यान्सरका रोकथामका कार्यक्रमहरु सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो।

डा. श्रेष्ठले हालै कोबायाशी क्यान्सर फ़ाउण्डेशन अवार्ड २०२० प्राप्त गरेका थिए। यो अवार्ड क्यान्सरका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने चिकित्सक एवम् शोधकर्ताहरुलाई जापानको कोबायाशी फ़ाउण्डेशनद्वारा प्रदान गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .