ad ad

समाज


अब कुन बार कस्ता पसल खुल्छन् ? यस्तो छ आदेश

अब कुन बार कस्ता पसल खुल्छन् ? यस्तो छ आदेश

नेपालखबर
असार ६, २०७८ आइतबार १२:४०,

काठमाडौं उपत्यकामा बार अनुसार पसल सञ्चालन हुने भएका छन्।

आइतबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले पसल सञ्चालनलाई सहज बनाउन नयाँ व्यवस्था गरेको हो।

अब बार अनुसार पसल खोल्न दिने गरी वर्गीकरण गरिएको छ।
खाद्यन्न, डेरी, फलफुल तथा तरकारी, माछामासु, डिपार्टमेन्ट स्टोर, स्टेशनरी लगायतका पसलहरु हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ।

डिपार्टमेन्ट स्टोरका ग्रोसरी बाहेक, सपिङमल, खेलकुद सामाग्रीका पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक्स, गिफ्ट आइटम, टेलरिङहरु सोमबार, बुधबार र बुधवार बिहान ११ बजेदेखि ४ बजेसम्म खुल्ने भएका छन्।

सुन पसल, भाँडा पसल, भान्साजन्य पसल, विद्युतीय घरायसी सामाग्रीका पसल, अटो मोवाइल, मोवाइल कम्प्युटरका पसलहरु आइतबार, मंगलबार र बिहीबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ।

यस्तो छ आदेश :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .