ad ad

समाज


महाकाली नदी गाउँ पस्दा कञ्चनपुरमा डुबान

महाकाली नदी गाउँ पस्दा कञ्चनपुरमा डुबान

गोकुल जोशी
असार ५, २०७८ शनिबार ८:१२,

महाकाली नदीमा पानीको बहाव बढे पछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीघाटका १० घर डुवानमा परेका छन्।

महाकाली नदी गाउँमा पसेपछि ऐरीघाटका १० घर डुवानमा परेको भीमदत्त नगरपालिका–१२ का वडाध्यक्ष कृष्णसिंह देउपाले बताए।

‘पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकोले महाकाली नदीमा पानीको वहाव बढेको छ। निर्माणाधीन चार लेनको पक्की पुलका लागि बनाएको जालीले गर्दा महाकालीको पानी भुजेला खोलातर्फ आएको छ,’ उनले नेपालखबरसँग भने, ‘त्यसले गर्दा ऐरीघाटका १० डुवानमा परेका छन्।’

यद्यपी महाकाली नदीको पानी भुजेला खोलातर्फ मोड्ने जाली अहिले हटाएकाले भुजेला खोलामा महाकाली नदीको पानी आउन रोकिएको उनले जानकारी दिए। ‘डुबान क्षेत्रका मानिसको उद्धारका लागि उद्धार टोली परिचालन भएको छ। अहिले महाकाली नदीको पानी भुजेला खोलातर्फ आउन रोकिएकाले डराउनु पर्ने अवस्था छैन्,’ उनले भने।

महाकाली चार लेन पुलको बाटो नदीले कटान गर्दा आवातजावत बन्द भएको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष लाल बहादुर शाहीले बताए।

पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकोले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली तटीय क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरेको छ। महाकाली नदीमा अहिले एक लाख ७० हजार क्विसेक पानीको बहाव मापन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .