समाज


तिब्बतमा पहिरोले नदी थुनिएपछि तामाकोसी आयोजनाको जलाशय खाली गर्न थालियो

तिब्बतमा पहिरोले नदी थुनिएपछि तामाकोसी आयोजनाको जलाशय खाली गर्न थालियो

नेपालखबर
काठमाडौं, असार ५

ठूलो बाढीको जोखिमबाट तामाकोसी नदी तटीय क्षेत्रका बासिन्दालाई जोगाउन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय खाली गर्न थालिएको छ।

शनिबार बिहान सात बजेदेखि जलासयबाट पानी छाड्न थालिएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए। चीनतर्फ गएको पहिरोले तामाकोसीको सहायक खोला थुनिएपछि दोलखा, रामेछापको तामाकोसी तटिय क्षेत्रमा त्रास बढेको छ।

दोलखाको नेपाली सीमा नजिकै चीनको तिङ्ग्री काउन्टी क्षेत्रमा तामाकोसी नदीको सहायक रोङ्सी खोला थुनिएर ठूलो ताल बनेको चिनियाँ पक्षले जनाएको छ। पहिरोले थुनिएको खोला ताल बनेर बसेको सूचना चिनियाँ पक्षले दिएपछि जिल्ला प्रशासन कार्यालय दोलखाले तटिय क्षेत्रमा सतर्कता अपनाउन गए राति नै सूचना जारी गरेको थियो।

यो पनि  तिब्बतमा थुनिएको तामाकोसी खुलाउन चिनियाँ पक्षसँग सम्पर्क प्रयास, सतर्कता अपनाउन सूचना

दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कुनै पनि वेला उक्त ताल फुटेर तामाकोसीमा बाढी आउन सक्ने सम्भावना रहेकाले नदीतटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जाने समयका लागि जलाशयको पानी छोडिएको जानकारी दिए।

‘पहिरो खसेर बनेको ताल फुटेर बाढी आए पनि जलासयको बाँधले डेढ घण्टा थेग्छ सक्छ भन्ने छ,’ सिडिओ घिमिरेले नेपालखबरसँग भने, ‘चिनियाँ पक्षसँग समन्वय गरेर हामीले अहिले सतर्कताको काम अघि बढाएका छौँ। ताल निकै ठूलो बनेको खबर आएको छ।’

उनले एकैपटक ताल खोलिएर तामाकोशी नदीको तटिय क्षेत्रमा ठूलो क्षति हुन सक्ने जोखिम रहेको बताए। ‘प्राकृतिक रुपमा आफैँ खोलिएर थोरै थोरै गरेर तालको पानी घट्यो भने जोखिम नहोला,’ घिमिरेले भने, ‘केहीगरी एकैपटक ताल फुट्यो भने ठूलो बाढी आउन सक्ने डर छ। हामी त्यसतर्फ सचेत छौँ।’

अप्ठ्रो ठाउँमा पहिरो गएर ताल बनेकाले त्यसलाई खोल्न कठिन भएको जानकारी आफूलाई चिनियाँ पक्षले गराएको सिडिओ घिमिरेले बताए।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता गणेश न्यौपानेले ताल फुटेर ठूलै बाढी आए तटीय क्षेत्रका मानिस सुरक्षित स्थानमा जानका लागि जलासय खाली गर्न थालिएको जानकारी दिए।

तामाकोसी जलाशयको पानीको सतह १९ सय ७८ मिटरमा झार्ने उनले बताए। तामाकोसी बाँधको क्षमता ५ हजार घनमिटरसम्म पानी थेग्न सक्ने छ।

खोला थुनिएकाले माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थलको माथिल्लो भेगमा तामाकोसीमा पानीको मात्रा घटेको स्थानीय प्रशासनले जनाएको छ। चीनमा पर्ने लप्ची उपत्यका नजिकै पहिरो गएर नदी थुनिएको हो।

यो पनि : आज यी स्थानमा बाढीको खतरा (सूचनासहित)

असार ५, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी
केशव सावद

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल
समर्पण श्री

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

सम्पादक
बिनु सुवेदी

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .