ad ad

समाज


प्रहरी सहायक निरीक्षकद्वारा पत्रकारलाई धम्की

प्रहरी सहायक निरीक्षकद्वारा पत्रकारलाई धम्की

नेपालखबर
असार ३, २०७८ बिहिबार १०:५३,

नेपाल पत्रकार महासंघले महासंघको एसोसिएट संस्था नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य तथा देश दैनिक डटकमका सम्पादक/प्रकाशक पारशविक्रम शाहलाई प्रहरीले दुर्व्यवहार गरेकाे जनाएकाे छ।

समाचार संकलनका क्रममा प्रहरी सहायक निरीक्षक प्रतिभा सिंहले पत्रकार शाहमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका अनुसार आज विहान समाचार संकलनका क्रममा स्वयम्भू पुगेका पत्रकार शाहलाई प्रहरी सहायक निरीक्षक सिंहले सूचना विभागबाट जारी पत्रकार परिचयपत्र देखाउँदा देखाउँदै पनि ‘विहान के रिपोर्टिङ, कस्तो रिपोर्टिङ’ भन्दै दुर्व्यवहार गर्दै कुटपिट गर्नुका साथै तत्पश्चात स्वयम्भू प्रहरी वृत्त लगेर थापा थरका प्रहरी जवानले लाठी र बुट हान्दै बन्दुक तेर्साएर ठीक पार्ने धम्की दिएका थिए।

‘स्वतन्त्र रुपमा पेशागत कर्ममा जुटेका पत्रकारमाथि प्रहरीबाट गरिएको यो हर्कत प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो’ महासंघले भनेको छ, ‘महासंघ पत्रकारको पेशागत स्वतन्त्रतामाथि आघात पुर्‍याउने र पत्रकार त्रसित बनाउने प्रहरीको यो ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ।’

घटनाको छानविन गरी दोषीमाथि कानुनी कारबाही गरी पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .