ad ad

समाज


मेलम्ची बाढीमा कति जना बेपत्ता भए, एकिन भइसकेको छैन, खोजी जारी छः एसपी अधिकारी

मेलम्ची बाढीमा कति जना बेपत्ता भए, एकिन भइसकेको छैन, खोजी जारी छः एसपी अधिकारी

नेपालखबर
असार २, २०७८ बुधबार १:९,

सिन्धुपाल्चोकको मेलम्ची (इन्द्रावती) नदीमा आएको बाढीका कारण ठूलो मात्रामा जनधन क्षति भएको छ।

सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले बुधबार बिहान नेपालखबरलाई दिएको जानकारीअनुसार ४/५ जना व्यक्ति सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी छ। तर यति जना नै बेपत्ता भए भन्ने कुरा अहिले एकिन भइसकेको छैन।

‘हिजो रात परेकाले खासै केही गर्न सकेनौं, आज बिहानैदेखि हामी घटनास्थलमा परिचालित भएका छौं,’ एसपी अधिकारीले टेलिफोनमा नेपालखबरसँग भने, ‘अब अहिले यत्ति नै मानिस बेपत्ता भए भन्ने अवस्था छैन, अहिलेसम्म हामीले ४/५ जना मानिस सम्पर्कमा नरहेको भन्ने जानकारी पाएका छौं, खोजी गरिरहेका छौं।’

अहिले आफूहरू उद्धार र बेपत्ताको खोजीमा व्यस्त रहेको उनले जानकारी दिए।

‘हामी तथ्यांक संकलन गरिरहेका छौं,’ उनले भने, ‘त्यही भएर कति जना बेपत्ता भए भन्ने कुरा अहिले एकिन हुन बाँकी छ।’

एसपी राजन अधिकारीले दिएको जानकारी जस्ताको तस्तै
तथ्यांक हामीले पनि एकिन गर्न पाएका छैनौं। अहिले पनि बाढी आइरहेको छ। मानिसहरू सिफ्ट भइरहेका छन्, सिफ्ट गरिरहेका छौं। प्रहरी युनिटहरू पनि डुबानमा परेकाले सिफ्ट भइरहेका छन्। अब मानवीय क्षति कति भयो, अरू क्षति कति भयो भन्ने एकिन भएको छैन। टोली सबै परिचालित भएका छौं। हिजो राति भएकाले एकिन गर्न सकिएन। राति माथिबाट पहिरो–बाढी आइरहेका बस्तीका मानिसलाई सुरक्षित स्थानमा सार्‍यौँ। 

ठ्याक्कै यत्ति नै क्षति भन्ने अवस्था छैन। कहीं कहीं मानिसहरू सम्पर्कमा छैनन्। ४/५ जना मानिस सम्पर्कमा आइरहेका छैनन्। हामी खोजी गरिरहेका छौं। मेलम्चीको सडक, पुल पनि ध्वस्त भएको छ। ७ वटाजति  घर ध्वस्त भएका छन्। मेलम्ची बजारमा पानी छिरिरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .