ad ad

समाज


पेन्सन रकम लुट्न ७९ वर्षीय वृद्धको हत्या

पेन्सन रकम लुट्न ७९ वर्षीय वृद्धको हत्या

नेपालखबर
जेठ ३०, २०७८ आइतबार ४:३०,

पाँचथरको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। स्थानीय ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो।

इङ्वाको टाउको र शरीरका विभिन्न ठाउँमामा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ। घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएका थिए। उनकी श्रीमती शारीरिकरूपमा अशक्त छिन्।

सासूससुरा भेट्न मृतककी बुहारी आइतबार बिहान त्यहाँ आएपछि घटना सार्वजनिक भएको हो । अहिले प्रहरीले हत्या भएको घरलाई सिल गरी अनुसन्धान सुरु गरेको छ।

मृतक वृद्ध सेवा निवृत्त भारतीय सैनिक हुन्। गत बिहीबारमात्रै उनले निवृत्तिभरणको रकम बैंकबाट बुझेका स्थानीयले बताएका छन्।

सोही रकम लुटपाटका लागि उनको हत्या भएको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाले थप विवरण सार्वजनिक भएको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .