ad ad

समाज


ज्ञानेन्द्र शाहीमाथि सुर्खेतमा आक्रमण

ज्ञानेन्द्र शाहीमाथि सुर्खेतमा आक्रमण

नेपालखबर
जेठ २९, २०७८ शनिबार ६:७,

ज्ञानेन्द्र शाही माथि सुर्खेतमा आक्रमण भएको छ। घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शाहीको समूहमाथि वीरेन्द्रनगर नगरपालिका १३ करेखोलामा शनिबार राति आक्रमण भएको हो।

प्रहरीका अनुसार शाहीको समूहर स्थानीयबी झडप भएको हो।

शाहीले एक युवामा टाउकोमा चोट लागेको भिडिओ फेसवुकमा पोष्ट गरेका छन्। उनले रुँदै उनको प्राथमिक उपचार गरेको भिडिओमा देख्न सकिन्छ।

शाहीले फेसवुकमा आफूहसकित कृष्ण पाण्डे, राजेश महत, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको बताएका छन्।

आफ्नो समूहलाई योजनावद्धरुपमा आक्रमण भएको शाहीले बताएका छन्।

घाइते अवस्थामा प्रहरीले उपचार गर्न नल्याएर सोधपुछ गर्न थालेको उनले आरोप लगाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .