ad ad

समाज


नसालु पदार्थ खुवाएर १९ वर्षीया युवतीमाथी सामूहिक बलात्कार, एक युवा पक्राउ

नसालु पदार्थ खुवाएर १९ वर्षीया युवतीमाथी सामूहिक बलात्कार, एक युवा पक्राउ

नेपालखबर
जेठ २८, २०७८ शुक्रबार १:१८,

कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार भएको छ।

धरमपुरस्थित मुक्त्तकमैया शिविरकी ती किशोरीमाथी बिहीबार बलात्कार भएको हो। नसालु पदार्थ खुवाएर स्थानीय दुई युवाले उनलाई सामूहिक बलात्कार गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले जानकारी दिए।

बलात्कारमा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय धन बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ। अर्का एक युवा फरार रहेका थापाले बताए। ‘घटनामा दुई जनाको संलग्नता रहेको खुलेको छ । एक जनालाई नियन्त्रणमा लिएका छौँ,’ डिएसपी थापाले भने, ‘अर्का आरोपीको खोजी भइरहेको छ।’

बलात्कार आरोपीको खोजीका लागि प्रहरी परिचालन गरिएको उनले बताए। ‘नसालु पदार्थ खुवाएर बलात्कार गरेको खुलेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ,’ डिएसपी थापाले भने।

बलात्कारमा परेकी भनिएकी युवती शारिरिक रुपमा अशक्त छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .