ad ad

समाज


बानेश्वर चोकमा राखियो आकाशे पुल

बानेश्वर चोकमा राखियो आकाशे पुल

नेपालखबर
जेठ २६, २०७८ बुधबार १२:५३,

काठमाडौंको व्यस्त चोकमध्यको एक नयाँ बानेश्वरमा आकाशे पुलको ट्रस्ट राखिएको छ।

संघीय संसद भवन नजिकै रहेको चोकमा कार्यालय समयमा र साँझको समयमा बाटो काट्ने यात्रीले सास्ती खेप्दै आएका छन्।

बुधबार अपरान्ह भुइँमा बनाइएको फलामको ट्रस्टलाई आकाशेपुलको पिल्लरमा जोडिएको छ।

sky birde

बानेश्वर चोकबाट पश्चिमतर्फ ५० मिटरको दुरीमा रहेको यो पुलले दैनिक १५ हजार जना व्यक्तिलाई वारीपारी गर्न सहज बनाउने छ।

यस्तै भुइँमा सडक ट्राफिकलाई समेत सहज बनाउने छ। आकाशे पुल निर्माण अनुगमन गरिरहेको काठमाडौँ सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले यो पुल यसै आर्थिक वर्षमा निर्माण सम्पन्न भइ प्रयोगमा आउने बताए।

३८ मिटर लम्बाईको यो पुल मान्छे मात्र वारपार गर्न मिल्ने गरी बनाइएको छ। यो पुलको निर्माण लागत ३ करोड १० लाख रहेको छ।

मान्छे हिड्ने फुटपाथको चौडाइ ३ मिटरको छ भने यो पुल जमिनबाट ५ मिटर माथि रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .