ad ad

समाज


मध्यराति महोत्तरीमा लुटपाट, गुहार माग्दा गोली प्रहार

मध्यराति महोत्तरीमा लुटपाट, गुहार माग्दा गोली प्रहार

शैलेन्द्र महतो
जेठ २५, २०७८ मंगलबार ३:२०,

महोत्तरीको लोहारपट्टी नगरपालिका ६ मा गए राति लुटपाट भएको छ।

स्थनीय रामकरण साहको घरमा ६–७ जनाको समूहमा हतियारसहित आएका डाकाको समूहले लुटपाट गरेको हो।

लुटपाट गर्ने क्रममा गुहार गर्दा रामनारायणकी श्रीमती ४५ वर्षीया गायत्री देवी साहमाथि लुटेराहरुले गोली प्रहार गरेका छन्। गोली लागेर घाइते गायत्रीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले नेपालखबरलाई जानकारी दिए। गायत्रीको दाहिने तिघ्रामा गोली लागेको छ।

एसपी विष्टका अनुसार डाका समूहले घरमा राखेको २५ हजार रुपैयाँ, ६ आना सुनको मंगलसुत्र, ६ आनाकै तिलहरी, दुबै कानको मुन्द्रा लुटेर लगेका छन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .