कोभिड–१९ को संक्रमणका कारण भक्तपुरमा आज एकैदिन १० जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद मिजारले आज १० जनाको मृत्यु भएको जानकारी दिए।
सूर्यविनायकको नेपाली सेनाको इन्द्र बक्स गणले शव संकलन गरेर दाहसंस्कार गरेको छ।
यस्तै, दाङमा कोरोनाबाट आज ९जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय दाङका अनुसार घोराही र तुलसीपुरका तीन/तीन तथा दंगीशरण, राप्ती गाउँपालिका र लमही नगरपालिकाका एक/एक जनाको मृत्यु भएको कोारोना स्रोत व्यत्ति कमल चन्दले बताए।
3
Shares
प्रतिक्रिया