ad ad

समाज


सर्पको विष नलागेका महेन्द्रलाई कोरोनाले लग्यो

 सर्पको विष नलागेका महेन्द्रलाई कोरोनाले लग्यो

नेपालखबर
जेठ ३, २०७८ सोमबार १३:५८,

कोभिड–१९ ले संरक्षणकर्मी महेन्द्र कतिलाको ज्यान लिएको छ।

सर्प संरक्षणको क्षेत्रका चर्चित हस्तीको कोभिडकै कारण सोमबार ज्यान गएको पोखरा ३ का वडाध्यक्ष रविन्द्रबहादुर प्रजुले जानकारी दिएका छन्।

कतिलाले २ दिनअघि फेसबुक स्टाटसमा आफू संक्रमित भएको जानकारी दिएका थिए।

उनले लेखेका थिए,‘लापरवाही नगर्नुस् है,बढो कष्ट पो हुँदोरहेछ कोरोना पोजेटिभ भएर बस्नुपर्दा।’ स्टाटस लेखेको २ दिनपछि नै चितवन क्यान्सर अस्पतालमा उनको निधन भयो।

कतिला सर्प संरक्षण समाजका अध्यक्ष पनि थिए। करिब एक महिनाअघि बागलुङमा गोमन सर्प भेटिँदा उनले नै त्यसको उद्दार गरेका थिए।

पोखराको भैरवटोलमा जन्मेका कतिला सर्पलाई मान्छेभन्दा जाती ठान्थे । उनी २०३३ सालमा पृथ्वी नारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को सभापति भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .